दमक, २४ असोज-
दमक ५ को दीपिनी आधारभूत विद्यालयमा ‘कवि धनकुटे कान्छासँग विद्यार्थी’ कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीबीच सृजनात्मक गतिविधिका बारेमा सर्जक धनकुटे कान्छाले सहजीकरण गरेका थिए । उनले सिर्जनशील लेखाइ, सकारात्मक सोचाइ, व्यक्तित्व विकास र नेतृत्व विकासका लागि बोल्ने कला, सोच्ने तरिका, व्यवहारिक र संस्कारसहितको शिक्षाका लागि घर परिवार, विद्यालय र विद्यार्थीको जिम्मेवारी साथै प्रविधिको प्रयोग र प्रविधिको दुरुपयोग लगायतका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेषकुमार निरौलाले यस किसिमका कार्यक्रमबाट विद्यार्थीलाई सिकाइ प्रभावकारी बनाउन मद्धत मिल्ने र विद्यार्थीले अवसरको सदुपयोग गर्नु पर्ने धारणा राखे ।
एक दिवसीय कार्यक्रममा सर्जक धनकुटे कान्छाले बाल कविता तथा चराहरुका आवाज सुनाउँदै बालबालिकालाई सृजनशील वन्न प्रेरित गरेका थिए ।

Author

You may also like