खेल मुख्य

क्रिकेटको झापाको टोली घोषणा

दमक, १९ पुस । सुनसरीमा हुने प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट छनोट प्रतियोगिताका लागि झापाको टोली घोषणा गरिएको छ ।

एक साताअघि काँकरभिट्टामा सम्पन्न बी डिभिजन लिग तथा जिल्लास्तरीय छनोट प्रतियोगितामार्फत अंकित सुवेदीको कप्तानीमा झापाको टिम तयार बनाइएको झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापाले बताए । प्रादेशिक छनोटका लागि १४ जना खेलाडी सम्मिलत टिम बनाइएको र चार जनालाई बैकल्पिकमा राखेको छ ।

टिममा अंकितका साथै भानु गौतम (विकेट किप्पर), समिर कार्की, सौजनप्रसाद घिमिरे, अभ्यास तिम्सिना, भूपालप्रसाद दंगाल, विपिन महतो, फजल रहमान, सुजन थपलिया, दिपु भुजेल, रुपक बराल, आशिक राना मगर, कमल खत्री, सिद्धार्थ कुमाल रहेका छन् । सुमिरन राई, उज्ज्वल काफ्ले, ज्ञानेन्द्र श्रेष्ठ, प्रेम सिंहलाई बैकल्पिक खेलाडीमा राखिएको छ । जसको प्रशिक्षकमा लाक्पा लामा र व्यवस्थापकमा हिमाल विकलाई समेत चुनिएको छ ।

Author

You may also like