स्थानीय

चाँगे समाजद्वारा खाना वितरण

दमक, १९ पुस। चाँगे ताप्लेजुङ एकता सम्पर्क समाज नेपालले बुधबार दमक ४ स्थित रत्न ज्येष्ठ नागरिक सेवा केन्द्रका ज्येष्ठहरुलाई खाना खुवाएको छ ।

समाजले त्यहाँ रहेका ७ जना ज्येष्ठलाई खाना पकाएर खुवाउने काम भएको समाजका संस्थापक सदस्य देउमान साम्राले जनाए । यस अघि उर्लाबारीस्थित नमूना बालगृहका बालबालिकालाई पनि खाना खुवाउने काम गरिएको थियो । समाजले तिहारमा सञ्चालन गरेको बलिहाङ तङ्नाम अनलाइन देउसीबाट संकलित रकमबाट त्यहाँ सहयोग गरिएको हो । सोही रकमबाट समाजले ताप्लेजुङको अठराई त्रिवेणी गाउपालिकाका ४ र ५ नम्बर वडाका विपन्न वालवालिकालाई न्यानो कपडा वितरण समेत गरेको छ ।

चाँगेबाट बसाई सरेर झापा, मोरङ र सुनसरीमा बसोबास गर्नेहरुका समस्यामा समाजले काम गर्दै आएको छ ।

You may also like