गहिरो असर पार्ने गरी नेपाल कै ठालु भनाउँदा राजनीतिक परिवारवाद ले देशलाई भुतल्याउँदा कहाँ कहाँ के के खुराफाती कार्यहरू गरिएका छन् भन्ने उदेकलाग्दो तथ्यहरु हरुसंग जम्का भेट हुनुमा कुनै अचम्म मान्नु हुँदैन। ताक परे तिवारी नत्र गोतामे भने झैँ नेपालका प्रधानमन्त्रीहरूले देशको र जनताको थोरै हुर्मत लिएका होइनन् । आफ्नो पालो र पैँचो रहुन्जेलसम्म देश जाए भाँड मे भने झैँ शासन गरेको र उनीहरूको होमा हो मिलाउने दलका कार्यकर्ताहरु तथा नेताहरू स्वयं नै त्यसलाई थोत्रो बनाउने तयारीका साथ सत्ता शिखरमा पुगेर आफ्ना विरोधीहरूलाई जथाभावी गर्ने र आफ्नो प्रशंसा आफै गर्ने कार्यमा नेपाली राजनीति विश्वकै राजनीतिमा अब्बल देखिएका छन्। परम प्रतापी भनिएका महाराजा धिराज सरकारहरुका उत्तरधिकरीहरू समेतले सिमाना मिचिएका छन भनेर कहिले पनि सार्वजनिक गरेनन । दरबार हुँदा दरबार तिर धाउने र नेपाल सरकार हुँदा राजनीतिक दलका कार्यालय धाउने देशभक्त कार्यकर्ताहरुलाई पनि वस्तुस्थिति बारे सही जानकारी सम्म उपलब्ध हुन सकेन।अतितका देशका कर्ता धर्ता सम्मले पनि कालापानी लिम्पियाधुरा महाकाली टनकपुर लगायतका क्षेत्रहरूमा उठ्ने गरेको सीमा विवाद सम्बन्धी कुराहरुमा चुइक्कसम्म पनि नबोल्नु आफैमा उदेक लाग्दो कुरो हो। राजकाजमा राजाभन्दा बलियो संसद र संसदलाई नेतृत्व गर्ने देशका प्रधानमन्त्रीहरू समेतले पनि ठिक्क समयमा बुद्धि पु¥याएर बोल्न नसक्नु नेपालले ठूलो मौका र अवसर चुक्नु जस्तै भइरहेको छ ।
सनातनकालदेखि सगरमाथाका उत्तरी मोहोरा र दक्षिणी मोहडा दुईटैमा नेपालको दाबी र अंश रहने गरेको भए तापनि चीनको बाहुबलको अगाडि नेपालले सगरमाथाको चुचुरो भन्दा दक्षिण रहेको क्षेत्रलाई मात्र आफ्नो क्षेत्र हो भन्न कर लागेको थियो। सगरमाथामा नेपाल र चीन को द्वैध स्वामित्व स्थापित हुन पुगेको सत्य हाम्रो अगाडि छर्लङ्ग हुन्छ। चीनले परापूर्व कालदेखि भन्ने गरेको चोमोलुङ चिनिया भूभाग बन्नु कार्यले नै सनातन काल देखि हिमालय माथि कायम रहेको नेपालको एकाधिकार समाप्त हुनु हो, भन्ने कुरालाई साक्षी बस्न समेत नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला समेत चीन गएर सम्झौता गरेको सत्य इतिहासको आधारमा आज विश्वले बुझ्ने गरेका र चिन्ने गरेका हिमालय नेपालतिरबाट नेपालका हो भन्ने चिनतिरबाट हेर्दा हिमाल चिनको पनि हो र यसलाई राजनीतिले समेत प्रमाणित गरेको छ । कुनै समयमा स्वशासित क्षेत्र तिब्बतले नेपाललाई बर्सेनी कर तिरेर नेपालको अधिनता स्वीकार गरेको तथा व्यापारिक र धार्मिक सम्बन्धहरू लाई अगाडि बढाएको पनि इतिहासमा पढ्न पाइन्छ नेपाल र तिब्बत बीच कैयौँ पटक युद्ध भएको तथा नेपाली सेनाहरूले तिब्बतमाथि प्रभाव बढाउँदै आफ्नो नीति अगाडि बढाउन सफलता पाएको ऐतिहासिक सन्दर्भलाई वर्तमान सन्दर्भसँग जोड्दा आज तिब्बत चिनको अभिभाज्य अङ्ग र क्षेत्र बन्न पुगेको छ र त्यसको विरोध गर्न कुनै पनि देशले गर्ने आँट गर्न सकेका छैनन् ।तिब्बतका स्वशासित सरकार प्रमुख दलाई लामा आज आफ्नो जीवनको अन्तिम पटकथा लेख्दैछन्। तिब्बतली जनताको अधिकारको लागि भारतको हिमाचल प्रदेशमा शरणार्थी जीवन बिताइरहेका तिब्बतेली बौद्ध भिक्षुहरुले धेरै कुराहरु बोलेका र धेरै कुराहरू सुनेका पनि छन्। तर उनले बोलेको कुरालाई पत्याइदिने र समर्थन गरिदिने देशहरू बिरलै छन्। समय बित्दै जाँदा दलाईलामा एक्लिन थालेका छन् उनीहरुले तिब्बतलाई पुनः स्वशासित क्षेत्र बनाउन सक्लान् भन्ने कुरामा धेरै मतमतान्तर हुन सक्छ। तर सामथ्र्यविहीन कार्यकर्ताविहीन हातहतियारविहीन भएर आफूभन्दा बलियो देशलाई घुड्की लगाउन तथा युद्ध वा युद्ध जाने कुटनीति तथा रणनीतिबाट देश कति पछाडि जन सक्छ भन्ने कुरा कल्पना भन्दा बाहिर छ ।
नेपालको विदेश नीति तटस्थ भएर पनि कतै न कतैतिर पक्कै पनि ढल्किएकै हो। त्यसैले कहिले चिन त कहिले भारत तिर ढल्किएको नेपाली जनताहरूले नेपाललाई र नेपालको राजनीतिलाई नियालेर हेर्ने प्रयास गर्दछन्। अविभाज्य हिमालले झुटो बोल्दैन ।सत्य र तथ्यलाई लुकाउँदैन। किनभने त्यो सनातन काल देखि शिवोहम शब्द गुन्जायमान हुने क्षेत्र हो र हिमालयका अधिपति भगवान शिव स्वयं नै त्यस क्षेत्रका अखंड र एकल साधक तथा बासिन्दा हुनुहुन्छ । आफ्नो घरको छानाको पानी आफ्नै जग्गामा चुहाउनु पर्दछ भन्ने कुरा नेपालमा मात्र होइन विश्वव्यापी रुपमा प्रचलनमा रहेको छ।सगरमाथा हिमालको चुचुरो बाट चुहिने पानी जहाँ झर्छ त्यहाँको माटो पनि नेपाल हो भन्ने कुराले नेपालको पहिचान अझ बढ्न सक्छ। यस्तो कुरा भन्नको लागि लागि पनि देशको सामथ्र्य बढाउनु जरुरी छ । हिमालमाथि पर्वतारोहण गर्ने पर्वतारोहीहरू चिनको बाटो र तिब्बतको बाटो भएर हिमाल चढ्दा हिमालय चिनको हो भन्छन् भने नेपालको बाटोतिर हिमाल आरोहण गर्दा सगरमाथा नेपालकै हो भन्ने गरिन्छ। माउन्ट एभरेस्ट ,सगरमाथा वा चोमोलुङ्ग जुनसुकै नामबाट हिमालयको पहिचानलाई अगाडि बढाउन खोजिरहँदा पनि हिमालयको समष्टिगत रुप र आकारले नेपाललाई कता कताबाट झस्किने अवस्था समेत सिर्जना गर्ने गरेको यथार्थ लाई पनि प्रस्ट्याउँदछ। देश देश बीचको दुईपक्षीय राजनीतिक र आर्थिक सम्बन्ध रहने भएकोले त्यसको यथार्थ सत्यको सवालमा अन्य पक्षहरूले बोल्नु र टिका टिप्पणी गर्नु कुटनीतिक रुपमा त्यति स्वाभाविक मानिँदैन। आज भारत र चीनबीच भने धेरै ठाउँहरूमा सीमा विवादहरू कायमै रहेका छन् ।
चीनले भारतसँग सीमा विवाद को सवाललाई गम्भीर रुपमा अध्ययन र मनन गरेको छ तथा यस्ता सिमा विवादहरू युद्धकै रुपमा पनि प्रकट हुन सक्ने प्रबल सम्भावनाहरू पनि रहेका छन्। धेरै जसो चिनियाँ नागरिक हरू युद्धको पक्षमा रहेको देखिँदैन तर भारत र चीन दुबैको सामथ्र्य र सैनिक शक्ति बढ्दै जाँदा यसले सीमा विवादलाई सन्तुलनमा ल्याउन सक्ने र थामथुम पार्न सक्ने सम्भावना हरू अझ बढेर जान सक्छ। नेपालले पनि विश्वको कूटनीतिक राजनीति र सैन्य सञ्चालनको गतिविधिहरू को बारेमा व्यापक रणनीति बनाउनु पर्दछ र आफ्नो भूमिलाई सुरक्षा गर्न तत्पर रहनु पर्दछ। बयानबारी र भाषणबाजी गरेर देशको जनतामा भ्रम छर्ने र सरकारमा टिकिरहने मात्र रणनीतिबाट न त देशको विदेश नीति सप्रिन्छ न त देशको सुरक्षा नीति नै अगाडि बढ्छ। देश आर्थिक रुपमा पनि पछाडितिर धकेलिन सक्ने प्रबल सम्भावनाहरू देखिन सक्छ । नेपालका सरकारका विज्ञ र मन्त्रीहरू भारततिर जाँदा भारतको पक्षमा उभिने र चीनतिर जाँदा चीनको पक्षमा उभिने जस्ता अपरिपक्व विदेशनीतिको कारणले गर्दा नेपाल दुनियाको अगाडि घरतिर जाँदा वनतिर मुख वनतिर जाँदा घरतिर मुख को अवस्था र हविगतमा पुग्न पुग्न लागिसकेको छ। नेपाल को राजनीतिक शक्ति सन्तुलनले नेपाललाई सार्क देशकै अगाडि पनि कमजोर बनाइरहेको अवस्था छ नेपाल स्वयं पनि सार्क संगठनको अध्यक्ष हुँदाहुँदै पनि सार्क संगठनको पक्षमा मलजल गर्न कुनै आट गर्न सकेका छैनन्। वैश्विक रूपमा पनि नेपाल कमजोर अवस्थामा नै रहेको देखिएको छ। संयुक्त राष्टू संघले नेपाललाई आफ्नो स्थापनाकालदेखि नै स्वतन्त्र अभिभाज्य अखण्ड र सार्वभौम सत्ता सम्पन्न राष्टूको रुपमा मान्यता प्रदान गरेको अवस्थामा पनि नेपालले आफ्नो अस्मिता र पहिचानलाई विश्वमा दिगो रुपमा स्थापित गर्न अलमल गरिरहेको अवस्था छ। आफू आफू बीच नै नेपालका ठुलठुला नेता हरू ले बाजाबाज गरिरहँदा सम्म नेपाल विश्वको अगाडि बराबरी को हैसियतमा पुग्न कठिन छ ।
इन्डोनेसिया र थाइल्याण्ड कुनै समयमा हिन्दु राष्टू थिए समय र परिस्थिति परिस्थिति परिवर्तन हुँदै जाँदा जेहादी इस्लामिक सरकारहरूको आक्रमण थेग्न नसकी थाइल्यान्ड र इन्डोनेसिया अहिले इस्लामिक मुलुकमा गनिन थालिएको छ तर सत्य र तथ्य के छ भने अहिले पनि ती मुलुकहरू परम्परागत रुपमा हिन्दु संस्कृति र संस्था तथा पुरातात्विक सम्पदाहरु माथि अत्याधिक गर्व र सम्मानको भावना राख्दछ आफ्नो राष्टिूय अस्मिता र पहिचानसँग जोडेर हिन्दु सनातन संस्कृतिका वैभवहरूलाई तिनीहरूले आफ्नो देशको सम्पत्ति हो भनेर महत्व दिएका छन्। यसै सन्दर्भमा हालसालै एउटा ठूलो धेरै नै प्राचीन हिन्दू मन्दिरमाथिको स्वामित्वको को लागि स्वामित्वको लागि थाइल्याण्ड र इन्डोनेसिया बीच युद्ध नै चर्किएको कुरा धेरै पुरानो भएको छैन। यस्ता कुराहरूबाट नेपालले पनि पाठ सिक्नु जरुरी छ । दशा लागेको नेतृत्वले देशलाई सही तरिकाबाट मार्गदर्शन गर्न सक्दैन। विश्व वैश्विक रुपमा नै फेसबुक ,ट्विटर, मेसेन्जर, युट्युब वाट र एप जस्ता लोकप्रिय वैश्विक सञ्चारमाध्यमहरूलाई सरकारले नियमन गर्न रोक लगाउनु यस्तै किसिमको मूर्खतापूर्ण प्रयास हो। यस्ता खाले इलेक्टूोनिक मिडियाहरु युवा वर्गहरूको र शिक्षित समुदायहरू तथा देशविदेशमा रहेका जनशक्तिहरूको मुटुको धड्कन बनेको छ। र घर परिवार समाज देश र विश्वलाई नै जोड्ने घडीको रुपमा काम गर्दछ तर सरकारले यस्ता गम्भीर कुराहरूको संवेदना को सवालमा पनि विचार नगर्नु सर्वथा गलत होभनेर भन्न सकिन्छ ।