लेख विचार/वहस

सम्मान शब्दको अवमूल्यन किन हुँदैछ ?

जिन्दगीमा मानिस जन्मदानै एउटा केही न केही ज्ञान लिएर आएको हुन्छ आमाको कोखबाट । रुन , हाँस्न सबै सिकेको हुन्छ उसले । अनि बढ्दै – बढ्दै जान्छ । सबैकुरा घरबाट र विधालयबाट सिक्छ । समाजमा बसेर सकारात्मक या नकारात्मक सबैकुरा उसको कानले सुन्छ अनि छुट्ट्याउने गर्छ । कतिले सुनेका कुरालाई छाटकाट गर्छन् भने कतिले ‘इगो’ का रुपमा लिन्छन्, यो एउटा प्रत्येक मानवको भिन्ना – भिन्नै बिशेषता हो । कतिलाई मपाइत्व बन्नु छ, कतिलाई आफ्नो गरिमाको घमण्ड गर्नु छ । यसरी एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने अवस्थामा छ, आजको आधुनिक मान्छे । अरुलाइ राम्रो नदेख्ने, देखासिकी गर्ने, कुरा काट्ने, कसैको जीवनमा छुरा हान्ने प्रवृत्तिले गर्दा आज मान्छेले मान्छेलाई सम्मान गर्न सकेको छैन । किनकि, हिजोआज मान्छे रकमको पछि दगुरेको छ । उसले कसैलाई चिन्दैन, आफूलाई राम्रो भन्छ र अरुलाइ हरेक दोष दिन्छ । यही दोष दिएकै कारणले आज वैज्ञानिक आविष्कार गर्ने मान्छेको भीडमा अर्को नक्कली मान्छेहरुको भीड बढ्दो छ । उसलाई सम्मान चाहिएको छ, जी हजुरी गरेर अरुको पाउ मोल्नु छ । वास्तवमा उ एउटा कामचोर भए नि उसैले भएजतिको सम्मान पाउन दलहरुको लवेदा समातेर उ अघि बढ्नु छ । आज यसरी बढ्नेहरुको अग्रपङ्तिमा साहित्यकार , पत्रकार, शिक्षक र कर्मचारीहरु समेत दर्ज भएको देखिन्छ । आजको मेरो यो मस्तिष्कको नीव ‘सम्मान’ शीर्षकसँग सम्बन्धित रहेर तपाईंहरु समक्ष यो लेख सम्प्रेषित गर्दैछु ।

नेपाली बृहत ज्ञानकोशमा ‘सम्मान’ शब्दको अर्थ विशेष मान, ठूलो आदर वा सत्कार, प्रतिष्ठा, इज्जत हो भनेर स्पष्ट भनेको छ । यसैलाई आत्मसात भन्नुपर्दा सम्मान शीर्षक नै एउटा जाज्वल्यमान गरिमा हो, जो चीरकालसम्म मान्छेको जीवनभरी रहिरहन्छ । सम्मान हामी मानवको रूपमा पाउन सक्ने सबैभन्दा महत्वपूर्ण नैतिक मूल्यहरु मध्ये एक हो । यो हाम्रो सम्मानको योग्य ब्यक्तिहरु, चीजहरु वा अवधारणाहरुको लागि विचार र प्रसंगको गहिरो भावना पनि हो । एक रोमान्टिक र काल्पनिक किशोरको रूपमा म विश्वास गर्छु कि सम्मान हाम्रो ब्यक्तिगत विकासको लागि र हाम्रो वरपरका मानिसहरुसँग दिगो सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण छ । आदर महत्वपूर्ण हुनुको पहिलो कारण यो हो कि यसले हामीलाई हाम्रो आत्मसम्मान बढाउन र आफ्नो सकारात्मक छवि बनाउन अनुमति दिन्छ । जब हामी एक अर्कालाई सम्मान गर्छौं । हामी हाम्रो दृष्टिकोणको सुरक्षा गर्न सक्छौ र सीमाहरु सेट गर्न सक्छौ, जसले हामीलाई सही रूपमा विकास गर्न र स्थीर पहिचान निर्माण गर्न मद्दत गर्छ । एकै समयमा अरुका लागि आदरले हामीलाई सहानुभूतिशील हुनु र तिनीहरूको आवश्यकता र दृष्टिकोण बुझ्न मद्दत गर्दछ ।  जसले राम्रो र अधिक सामन्जस्यपूर्ण सम्बन्धहरु निम्त्याउछ । अर्को कारणः, आदर महत्वपूर्ण छ कि यसले हामीलाई बलियो सम्बन्ध निर्माण गर्न र लामो समयसम्म हाम्रो मित्रता कायम राख्न मद्दत गर्दछ । जब हामी हाम्रो वरिपरिका मानिसहरुलाइ आदर गर्छौ नि तिनीहरूले मूल्यवान र प्रशंसा महसुस गर्छन् । जसले बलियो र दिगो सम्बन्ध विकास गर्ने सम्भावना बढाउँछ । थप रूपमा, साँस्कृतिक, धार्मिक र विचार भिन्नताहरुको सम्मानले हामीलाई खुला हुन र हाम्रो वरपरको संसारको बारेमा एकअर्कालाई सिकाउन मद्दत गर्दछ । सम्मानको अर्को महत्वपूर्ण पक्ष भनेको हामीले वातावरण र जनावरहरुलाइ व्यबहार गर्ने तरिकासँग सम्बन्धित छ । हुन त सम्मान शब्द नै एउटा सम्मानित पद हो जो सबैले प्राप्त गर्न सक्दैन । यसरी सम्मानको अर्को महत्वपूर्ण पक्ष विविधता र सहिष्णुतासँग सम्बन्धित छ । प्रत्येक ब्यक्तिको आफ्नै बिशेषताहरु छन् । जसले तिनीहरूलाई अदितीय र विशेष बनाउछ । हाम्रा भिन्नताहरुलाइ सम्मान गरेर हामी आफैलाइ नयाँ संसारमा खोल्न र हाम्रा अनुभवहरुलाइ समृद्द बनाउन सक्छौं । हामी सबै समान छैनौं भनेर पहिचान गर्न र हाम्रो वरपरको विविधतालाई स्वीकार गर्ने र कदर गर्नकालागि खुला हुन महत्वपूर्ण छ । अर्को अर्थमा भन्ने हो भने सम्मान हाम्रो समाजमा एक जटिल र महत्वपूर्ण अवधारणा हो । सम्मानबिना मानिसहरु बीचको सम्बन्ध तनावपूर्ण र अप्रिय हुनेछ । आदर एक बहुमुल्य विशेषता हो । जुन हरेक व्यक्तिमा हुनुपर्छ र जीवनका सबै पक्षहरुमा प्रदर्शन गर्नुपर्छ । वास्तवमा भन्ने हो भने सम्मानबिना मानिसहरूको बीचको सहकार्य वा समझको कुनै रुप हुन सक्दैन । एकअर्कालाई सम्मान गर्न, अरुको सम्पत्तिको सम्मान गर्न र समाजको कानुन र मान्यताहरुको सम्मान महत्वपूर्ण छ । आदर एक नैतिक मूल्य हो जुन सानै उमेरदेखि खेती गर्नुपर्छ र जीवनभर अभ्यास गर्नुपर्छ । हामीले कुनैपनि समयको प्रतीक्षा गर्नु उचित छैन । बरु हरेक समयलाई विशेष बनाउने प्रयास गर्नुपर्छ । जिन्दगीमा एकदिन यो भौतिक शरीर छोडेर जानुपर्छ सबैले ।

त्यसैले, हामीले यो सोच्नुपर्छ मस्तिष्कमा ः, ऐना हो जिन्दगी, तिमी मुस्कुराउ, जिन्दगी पनि मुस्कुराउछ, हरदिन, हररात । जिन्दगीमा खुसी, दुःखी, अचम्मित, उत्साहित र आक्रोशित हुँदा कहिलेकाहीँ नराम्रा घटना हुन सक्छन् । त्यसैले आफुले आफैलाइ सम्हाल्न सक्नुपर्छ । आचार्य चाणक्यले भनेका छन कि– ‘जीवनमा तीन मन्त्र सधैं राख । आनन्दको  बेला कसैलाई वचन नदेउ । क्रोधको बेला जवाफ नदेउ । दुःखको बेला निर्णय नलेउ । जीवनमा के गर्ने, के नगर्ने ? के असल, के खराब ? के कुराले जीवनलाई श्रेष्ठ बनाउछ त ? के कुराले जीवन नष्ट गर्छ ? यी दर्शनलाई आत्मसाथ गरेर अघि बढ तिमीले एकदिन अवस्य सम्मान पाउनेछौ भनेर उनीले नीतिशास्त्रमा भनेका छन् । यति भन्दाभन्दै पनि आजको मानिसले आफैलाइ चिन्न सकेको छैन । हरेक मानिसले आफूलाई सम्मान गरून् भन्ने चाहन्छन् । कोहीपनि अरुबाट अपमानित हुन चाहदैन वा अरुले हेयको दृष्टिले हेरेको रुचाउदैन । तर अरुबाट सम्मान पाउन पहिले त उनीहरूको मन जित्नुपर्छ तर त्यो जितेपनि नजितेपनि उ आज सम्मानित हुन पुगेको छ , त्यो हो राजनीति लगाम । सम्मान प्राप्त गर्ने क्रममा आज धेर थोर धेरैले सम्मान पाएका छन् तर धेरैजसो सोर्स फोर्समै पाएका छन् । अरुबाट सम्मान प्राप्त गर्नको लागि सबैभन्दा पहिले आफूले पनि अरुलाइ सम्मान दिन सक्नुपर्छ । तर हिजोआज लोकतान्त्रिक गणतन्त्र आएपश्चात् त्यो कसैले गरेको देखिन्न । सबैले मपाइत्व अपनाएका छन् । आफ्नो बानी, आचरण सुधारेका छैनन् ।  यसकारणले पनि आफूभित्र परिवर्तन ल्याउनका निम्ति दयालु बन्नु, अरुलाइ सम्मान दिनु, कुरा राम्रोसँग बुझ्नु, सामाजिक ब्यक्ति बन्नु, जिन्दगीमा कहिले नरिसाउनु, अप्ठ्यारो परेको बेला सहयोग गरेमात्र सच्चा मान्छे हुनुको सार्थकता रहनेछ । एकले अर्कालाई गर्ने सम्मान कोही कसैबाट अवमूल्यन नहोस् ।

You may also like