सुदीपराज पन्त
दमक उत्पादनको क्षेत्रमा होइन (ट्रेडिङ ) व्यापारको क्षेत्रमा देशभित्रको प्रमुख शहरहरु मध्ये एक हो जस्तो लाग्यो ।
नगरपालिकाका ७० प्रतिशत भूमी बसोबासको लागि र ३० प्रतिशत मात्र खेतियोग्य जमिन बाँकी रहेको अनुमान गरें मैले ।
जग्गाको कारोबारले ह्वात्तै माथि उठाएको आर्थिक गतिविधिहरु र जग्गा किनबेचको मन्दीले हाल बजार सुस्ताएको छ । कारोबारमा छाएको मन्दी र चर्को ब्याजदरले व्यवसायीहरु मर्कामा परेका छन् । सम्पत्ती कमाउने भन्दा पनि अब जोगाउनेतिर धेरैको ध्यान गएको देखिन्छ ।
धेरै व्यवसायीहरु -व्यापारमा मात्र केन्द्रित, उधोगधन्दा अत्यन्त कम, जनसंख्याको अत्याधिक चाप, थुप्रै कमर्सियल बैंकहरु, थुप्रै सहकारी सस्थाहरु हेर्दा अचम्म लाग्छ कसरी बैकिङ कारोबारहरु चल्द्दैछ भनेर ।
जे होस दमक धपक्कै बलेको छ, आगो भएको छ । अत्यन्त सुन्दर फराकिलो सडक, अत्यन्त सफा र स्वच्छ बसोबासको लागि पूर्वको एक अत्यन्त लोभलाग्दो शहर भएको छ दमक ।

अब न खोस्नु छ, न छिन्नु छ । न चिन्नुको रहर छ । न हराइने पीर छ । दमक आएर मातृभूमिको काखको तल्तल मेट्नु र आफु हुर्किएको माटो चुम्नु छ । बस् हरेक वर्ष यहि गर्दै छु, क्रम जारी छ ।
दमक आउँदा बजारको तत्कालिन पृथ्वी प्रावि, तात्कालिन सरस्वती निमावि र हिमालय माविमा पढेको स्कुले जीवन, खरको छाना भएको सिनेमा हल, बालुवामा जिम्न्याष्टिक, मोजाको फूटबल र गोजिभरीको गूच्चाले बाल्यकालतिर फर्काउदा भने रोमाञ्चक बनाउछ । फेरि कहाँ फर्केर आउछ त्यो बालापनको उमेर ?