लेख विचार/वहस

सहिद, घोडा र सपना

यस पटक पनि सहिद सप्ताहको चटारो छ सरकारका मान्छेहरूलाई । भोलि समापन छ । ती कुनै न कुनै कार्यक्रम बनाएर आप्mना ब्यस्तता पस्किरहेका छन् । आम सञ्चारका माध्यमहरूमा । तिनका हनुमानहरू ताली पिटिरहेका छन् ।

सहिद शब्दको गहिराई छोटो समयमा यहाँ सबै ब्याख्या गर्न संभव पनि छैन । अर्थको त्यो पोको निकै ठूलो हुन्छ । सहिद शब्दले थिचेको पोको । त्यो पोको फेरि एक पटक यहाँ फुकाएर यसको बिस्तृत अवयवहरूको प्रक्षेपण गर्न खोजिएको छ ।

सहिद को हुन त ?

सहिद भनेको त्यो ब्यक्ति हो जो ‘सफर्स ग्रेटली बिकोज अफ बिलिफ’ (आस्थाको कारणले मारिन्छ ), जो ‘डाइड ट्राइङ्ग टु अचिभ प्रोग्रेस’ (प्रगति हाँसिल गर्न खोज्दा मारिन्छ ),जो ‘मेइक्स स्याक्रिफाइस टु वी अडमायर्ड’ (सम्मानको वा प्रशंसाको लागि बलिदान गर्ने) भनिएको छ बिभिन्न ज्ञानकोशहरू र विद्वानहरूद्वारा । सहिद त विगत, बर्तमान र भविष्यको देशको चित्र छातीमा कोरेर हिँड्दा हिँड्दै मारिने ब्यक्ति हो । यी ज्ञानकोशका परिभाषाले दिएको सहिदको परिभाषा आज अन्योल र स्वार्थको भूमरीमा रूमल्लिएको छ ।

सहिदले बोकेको आस्थाले देशको बाटो खनेको हुन्छ । त्यो मुलुकको प्रतिनिधि आस्था हुन्छ । त्यसले मुुलुकलाई एउटा नयाँ ब्रम्हज्ञान, दिब्यज्ञान र दृष्टिकोण दिएर जान्छ । उसको त्यो बाटोले मुलुकलाई प्रगतितर्पm उन्मूख गराउँछ । सहिदको इतिहास हुन्छ । सहिदको अतित हुन्छ । सहिदको बर्तमान हुन्छ । सहिदको भविश्य हुन्छ ।

सहिद

इतिहास + बर्तमान+ भविष्य=मुलुकको बाटो

गरिमा र जनताको स्नेही मायाले ओजपूर्ण बनेको सहिदको जीवन त्यो मुलुकको एउटा स्मृतिगाथा हुन्छ । उसको अतितसँग देशले साक्षातकार गर्छ । जनताले साक्षातकार गर्छन् र नतमस्तक हुन्छन् तिनको नाम लिनासाथ । तिनको हिजोको विचारको राप र तापमा मुलुकको स्पन्दन चलेको हुन्छ । गोरखाका लखन थापाको जङ्गबहादुर राणा बिरूद्ध बुलन्द गरेको आवाज ओजपूर्ण इतिहास थियो । त्यही जंगबहादुर राणा बिरोधी आवाज नेपाली जनताको प्रतिनिधि आवाज थियो । त्यही आवाजले यो मुलुकलाई सही दिशानिर्देश गरेको थियो । त्यो आवाज आज पनि साश्वत भएको छ । भिमदत्त पन्तले राणा बिरोधी भएर मुलुकलाई प्रजातन्त्र दिने दृष्टिकोण जनतालाई दिए । शुक्रराज शाश्त्रीले ‘नागरिक अधिकार समिति’ नामक संस्थाको नेतृत्व गरेर जनतालाई प्रजातन्त्र र नागरिक अधिकारको बारेमा सचेत बनाए । जुन सचेतना आजको लागि पनि आवश्यक छ । उनले ‘स्वर्गको दरवार’ जस्ता काब्यहरूको नेपालीमा उल्था गरेर जनतालाई सचेत पार्ने काम गरिरहेका थिए । उनी धार्मिक प्रवचन पनि दिन्थे ।

गंगालाल त पर्चा बाँड्दै, भाषण गर्दै हिँड्थे राणाहरूको विरूद्धमा । धर्मभक्तले राजा त्रिभूवनको ब्यायाम शिक्षक बनेर जनताको राजासँग सम्पर्क बढाउने काम गर्थे । राणाहरूका गोप्य कुरा बाहिर ल्याउँथे । दशरथ चन्दले टंकप्रसाद आचार्यसँग नियमित सम्पर्कमा रहेर प्रजातन्त्रकोलागि काम गरिरहे ।

ती के गर्छन् भन्ने कुराले समग्र जनताको विचारलाई तरंगित पारिदिन्छ । देशको लागि काम गरेको विगत, इच्छाशक्ति सहितको निडर बर्तमान र देशको भविष्यको निर्विकल्प मार्गचित्र बोकेको एउटा गरिमामय ब्यक्ति त्यो रोडम्यापमा हिँड्दै गर्दा मारियो भने मात्र त्यो सहिद हुन्छ ।

बिकृतिहरू

सहिदको आज लाग्ने गरेको परिभाषा र ब्याख्या हेर्दा उदेक लाग्छ । यही उदेकपनमा हामी शास्वत अर्थ मानेर बाँचिरहेका छौं । आज सबै आन्दोलनमा मर्ने सबै सहिद हुने सजिलो ब्याख्या गरिएको छ । विगत हराएका पनि सहिद । हिजो ती मान्छे के गर्थे भन्ने कुरा कुनै जनतालाई थाहा हुँदैन । के गर्दै थिए भन्नेृ पनि थाहा हुँदैन । बर्तमान हराएका पनि सहिद । ती आज के गर्दै छन् भन्ने पनि थाहा हुँदैन । तिनको राष्ट्रियता, तिनकोे चिन्तन के हो भन्ने पनि थाहा हुँदैन । ती समग्रमा अज्ञात हुन् । भविष्य हराएका पनि सहिद । तिनको यो मुलुक र जनताकालागि के मार्गचित्र छ भन्ने पनि छैन । मुलुक चल्ने तिनको भिजन पनि छैन ।

ऋाज गजव भएको छ । शून्यतामा उदाएकाहरू पनि सहिद भए । शून्यतामा अस्ताएकाहरू पनि सहिद भए । ती बाटोमा हिँड्दा हिँंड्दै मारिने पनि सहिद भए । बजारमा सामान किन्दै गर्ने पनि सहिद भए । भिडमा मारिनेहरू पनि सहिद भए । साथीले आन्दोलनमा जाऔं भनेर लगेका मान्छे पनि सहिद भए । खान पाइन्छ भनेर हिंडेकाहरू पनि सहिद भए । नाँच्न गाउन पाइन्छ भनेर हिंडनेहरू पनि सहिद भए । शिक्षक पनि सहिद । वकिल पनि सहिद । व्यापारी पनि सहिद । विद्यार्थी पनि सहिद । कृषक पनि सहिद । कलाकार पनि सहिद । बन्दुक पड्काउने पनि सहिद । अर्काको भान्छा कब्जा गरेर भात खानेहरू पनि सहिद । पैसा पाइन्छ भनेर ज्याला लिएर आन्दोलनमा जानेहरू पनि सहिद । पुलिससँग भिड्नेहरू पनि सहिद । मान्छे मार्नेहरू पनि सहिद । वाह !

आज यही भएको छ । सहिद शब्दको अपमान भएको छ । अनि सहिद दशलाखे पनि भए । दश लाख दिएर घोषणा गर्ने वित्तिकै ती सहिद भए । दशलाख रूपैंया र सहिद घोषणामा अर्को आन्दोलन पनि खेप्यो यो मुुलुकले । आज सहिद दिवस एकथान पूmलका मालामा सहिद गेट रंगिनुमा सिमित भएको छ । एक थान पूmलका मालाले सहिदको नाम र गरिमा उजागर गरेको छ । सहिदका सपनाका कुरामा राजनीति हुन्छ । ती सपना प्mयान्टासी भएका छन्, पुरा कहिल्यै नहुने सपना । आजपनि सहिद परिवार पीडाका अनुभूति संगालेर बाँचेका छन् । तिनको रगतको कुनै मूल्य रहेको छैन यहाँ । तिनको त्यागको कुनै मूल्य रहेको छैन यहाँ ।

सहिदका सपना किन पुरा भएनन ?

सहिदका सपनाहरू असरल्ल बेवारिसे हुनुमा राजनीति गर्न ठेक्का लिएर बसेका दल र तिनका नेता जिम्मेवार छन् । किनभने तिनले राजनीतिको राजनीति त कहिल्यै पनि गरेनन् । तिनको राजनीति यस्तो रह्यो ः

राजनीति

फोटाको कोटाको मोटाको छोटाको

पहिला फोटाको राजनीति सुरू हुन्छ । तिनले सहिदका फोटाका ठेलीलाई महान उपलब्धी ठानेका छन् । तिनको काम सहिदका फोटामा माला लगाईदिने र सहिदको गीत गाउने । फोटा प्रदर्शन गरेपछि तिनको ‘फण्डामेण्टल’ काम सिद्धियो । यो भन्दा चरम विच्छृङ्खल राजनीतिमा के हुन सक्छ ?

त्यसपछि कोटाको राजनीति सुरू हुन्छ । सबैले कोटा अर्थात भागवण्डा खडा गरेर लुछाचुँडी गरेर खान्छन् । यसरी संघसंस्थाहरू , विश्व विद्ययालयहरू, राजनैतिक नियुक्तिहरू सबै खाइसकेका छन् र अव देश बाँकी छ । कोटाको राजनीतिभन्दा अरू केही भएन । त्यसपछि मोटाको राजनीति सुरू हुन्छ । बल र पैसा हुनेहरूको अहिले राजनीतिमा हालीमुहाली छ । यी दुवै अश्त्र नहुनेहरूको कुनै काम पनि छैन । र अन्त्यमा अहिले छोटाको राजनीति भइरहेको छ । छोटा, अर्थात हिन्दीमा ‘भारदार’ । आज मुलुक अनिर्णयको बन्दी बनिरहँदा अर्काको फोन, पैसा, प्रलोभन आदिले यो अनिर्णयको बन्दी अवधी अभैm तन्किन खोजिरहेको छ । नेता नेपालको् हुने तर बफादार अर्कैको हुने प्रबृत्तिले कसरी सहिदका सपना साकार हुन सक्लान् ?

आज नेपाली जनताको भविष्य बनाउन कस्सिएका नेताहरू धुमिल गन्तब्यलिएर बाँचिरहेका छन् । ती त रोबर्ट फ्रष्टको कविताका पात्रभएका छन् । उक्त कवितामा, एउटा यात्री लामो महान गन्तव्यकोलागि आप्mनो घोडा लिएर हिंडेको हुन्छ । तर बाटामा सुन्दर दृष्य भेट्छ र त्यसैमा रमाउन थाल्छ । उसले आप्mनो गन्तब्य भुल्छ । ऊ ग्ल्यामरको भुलभुलैयामा हराउन पुग्छ र उसको यात्रा अवरूद्ध हुन्छ । उसको चेतनाको अवशेष उसको घोडाले गन्तव्यको स्मरण गराएपछि मात्र ऊ पुःन आप्mनो यात्रामा अघि बढछ । यी नेताहरू त्यही यात्री हुन्, तिनका घोडा चाहीं मरेका यात्री । मस्तीको दुनियाँले गन्तब्य बिर्साएका यात्री । सुरा र सुन्दरीले यात्रा बिर्साएका यात्री । पैसाले यात्रा बिर्साएका यात्री । पद र विदेश यात्राले यात्रा बिर्साएका यात्री । बाटो बिर्सिएका यात्री । यिनको घोडा मरिसकेको छ अराजनीतिले । यस्तो बेलामा यिनले सहिदलाई सम्झिएको के अर्थ होला ?

You may also like