टंक सम्बाहाम्फे

आजभोलि यसो सोच्छु जीन्दगी त सेल्फी खिच्नुमा पो रहेछ । (सेल्फी खिच्दा साह्रै आनन्द आउने । आफ्नै पोजमा मिलाई मिलाई खिच्न पाइने ।)
नोट-
उहिले हामी सानो हुदाँ सौरे बजार जाँदा दिदीहरु दाजुहरुले सादा फोटो मिलाई मिलाई खिच्नु हुन्थ्यो । आफुले पनि खिच्न पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो । तर खिच्न भने पाइन्नथ्यो किनकी फोटो खिच्ने पैसा भए पो ।
उपनोट-
पछि कक्षा ७ पास गरिन्जेल फोटो खिच्न पाइएन । सादा फोटो रङ्गिन बनेर पनि आउथ्यो । फोटोग्राफर आफैले सुन लगाएको गहनाहरुमा सुन कलर लगाएर दिन्थ्यो । त्यो देखेर पनि अचम्म लाग्थ्यो । पछि कक्षा ८ मा पुगेपछि पासपोर्ट साइजको फोटो स्कुलमा बुझाउनु पर्ने भयो र पहिलो पटक खिच्न पुगे । कक्षा ९ पढ्दा रङ्गीन फोटो खिच्ने दिन पनि आए । दमकको महामाई फोटो स्टुडियोमा गएर चश्मा लगाएर रङ्गिन फोटो खिचियो । फोटो पाउनलाई १ महिना पर्खिनु पर्ने । फोटो हङकङमा धुलाई भएर आउँछ भन्थे । त्यो के हो थाहा भएन । तर चाडै फोटो हेर्न पाए हुन्थ्यो भन्ने मात्र लाग्दथ्यो ।
पुनश्चः
आजभोलि प्रबिधिको विकासले फोटो खिच्न कोहि नचाहिने भएको छ । सिर्फ हात भए पुग्छ । आफैले परिपरिका सेल्फी खिचेर फेसबुक ट्युइटर लगायत विभिन्न सञ्जालमा राख्ने सुविधा छ । फोटो खिच्ने हब्बी नै बनाई सक्यो साईवर दुनियाँ र प्रबिधिले । हिजो फोटो खिच्न लजाउँनेहरु अहिले निर्धक्क फोटो खिचेर विभिन्न सञ्जालमा राख्ने भएका छन् । अनेकौ प्रकारको शिक्षा बुद्धी, बिवेक प्रबिधिले दिएको छ । तपाईं हामी कतिले देखेरै सुनेरै जानेका छौं । त्यसैले मलाई लाग्छ सेल्फी खिच्निमा वा खिचेर राख्नुमा ठूलो सन्तुष्टि छ, हुन्छ । किनभने फोटोग्राफरले तपाईले चाहेको जस्तै फोटो नखिची दिन सक्छ । तर सेल्फिबाट तपाईले चाहेको इच्छाएको तस्वीर खिच्न सक्नु हुन्छ । जुन तस्वीरले तपाईलाई असिमित खुशी वा आनन्द दिन सक्छ । हो त्यसैले मैले सेल्फीमा जीन्दगी रहेछ भनेर भनेको हुँ ।

You may also like