Banner अर्थ स्थानीय

साढे ४ लाखको अबैध सामान नियन्त्रण

दमक, १६ कार्तिक

तिहारको समयमा व्यापारका लागि अवैध रुपमा नेपाल भित्र्याएको साढे ४ लाख रुपैयाँ बराबरको लत्ताकपडा प्रहरीले मेचीनगरबाट बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ५ मा भारतबाट नेपालतर्फ भन्सार छलि ल्याउदै गरेको उलनको सर्ट ९३ थान, जम्पर (हुडी) ११७ थान र भेष्ट १४ थान गरी साढे ४ लाख रुपैयाँ बराबरको सामग्री बरामद गरेको झापा प्रहरीले जनाएको छ ।
उता, सशस्त्र सीमा सुरक्षा प्रहरी बल गौरीगञ्जको गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका वडा नं. ४ स्थित हुक्कागाछी चौकपूर्व कारी अन्सारीको घरबाट विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।
सशस्त्र सीमा प्रहरी बल गौरीगञ्जका डिएसपी विष्णुहरि घिमिरेको नेतृत्वमा खटिएको टोलीले बुधबार विहान करिब ८ बजे ३ लाख मूल्य बराबरको ३ बोरा पटाका र १ बोरा विँडी बरामद गरेको हो । प्रहरी टोलीले अवैधरूपमा भारतबाट नेपाल ल्याई अन्सारीको घरको कोठामा राखिएको अवस्थामा पटाका बरामद गरेको झापा प्रहरीले उल्लेख गरेको छ ।
अर्कातर्फ, उच्च अदालत विराटनगरको २०७९ चैत ८ गतेको फैसला अनुसार बैंकिङकसुर मुद्दामा १ महिना कैद र १ करोड जरिवाना र ४ लाख पिडीत राहत कोषमा बुझाउनु पर्ने फैसला हुँदा फरार अवस्थामा रहेका अर्जुनधारा ६ का ३७ बर्षीय तुलसी फूयाँललाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले मंगलबार पक्राउ गरी जिल्ला अदालत चन्द्रगढीमा पेश गरेको जिल्ला प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी गराए ।

You may also like