खेल मुख्य

ओखलढुंगामा व्याकुल माइला गोल्डकप

दमक, २४ भदौ ÷ राष्ट्रगानका रचयिता व्याकुल माइला – प्रदीपकुमार राई) को सम्मानमा उनको गृहजिल्ला ओखलढुंगामा व्याकुल माइला गोल्डकपको नवौं संस्करण आगामी कात्तिक ११ देखि १८ सम्म सञ्चालन हुने भएको छ ।
नयाँ नेपाल सरोकार समाजले राष्ट्रगानका रचयिता माइलाको जन्मथलो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ सोक्मटार दुधकोशी किनार मैदानमा २०६८ सालदेखि व्याकुल माइला गोल्डकप आयोजना गर्दै आएको छ ।
खेल आयोजनाका निम्ति मानेभञ्ज्याङ गाउँपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको पालिका उपाध्यक्ष आश्रचन राईले वताए ।
क्षमाराज राईको संयोजकत्वमा व्याकुल माइला गोल्डकप मूल समारोह समिति गठन गरेको छ । खेलमा प्रथम पुरस्कार नगद २ लाख २ हजार २ सय २२, द्वितीय १ लाख १ हजार १ सय ११ र सेमिफाइनलिस्टलाई २०÷२० हजार रुपैयाँ तथा शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।

Author

You may also like