मानिस, प्रकृति र प्राकृतिक उपचार
डा. लेखनाथ न्यौपाने –
मानिसलगायत सम्पूर्ण पशुप्राणी र वनस्पतिको जीवन पञ्चतत्वबाट बनेको हुन्छ, अर्थात पृथ्जी, जल, आकाश, बायु र तेज । यसरी बनेको र यसैबाट चलेको हाम्रो शरीर फेरि यही धर्तीमा विलय हुन्छ । हाम्रो अन्त्यपछि अरु कसैको जन्म हुन्छ, यसैलाई जन्म र मृत्युको जीवनचक्र भनिएको छ । हामी सबै प्राणी र वनस्पतीको आ–आप्mनै जीवन यात्रा हुन्छ र भौतिक रुपमा रहेको शरीर यही प्रकृतिमा समाप्त पनि हुन्छ । केहि समयका लागि जोडिन आएकी श्रीमति हुन् या श्रीमान अथवा छोरोछोरी हुन्, सबैको आ–आप्mनै यात्रा हुन्छ, जो निश्चित समयका लागि हुन्छ । कसैले पनि आप्mनो यस धर्तीमा रहने समयको किटान गर्न सक्दैन । हरेकजसो धर्मशास्त्रले पनि जीवन र मरणको चक्र चलिरहन्छ, जसले जस्तो कर्म गरेको छ या प्रारव्ध जस्तो छ त्यसै अनुसार भोग्नु पर्छ भन्ने कुरालाई उल्लेख गरे अनुसार हामी व्यवहारिक रुपमै देखिरहेका भोगिरहेका छौं । त्यसैले पनि होला कसैको पनि जीवन एकै प्रकारको हुँदैन । केहि न केहि कुरा, भोगाई र व्यवहारमा फरक अवश्य हुन्छ नै । प्रकृतिको नियमबाट नै सृष्टि चलेकाले हामी यसको नियमबाट कहिल्यै अलग हुन् सक्दैनौं । जसरी पञ्चतत्वले हाम्रो शरीर बनेको हुन्छ त्यसरी नै वनस्पती, हावा, पानी र अन्न हाम्रो जीवनलाई शक्ति र सन्तुलन राख्ने कामका लागि प्रकृतिले सित्तैमा प्रदान गरेको छ । यही प्रकृतिमा रहेका जडीबुटी र औषधीय तत्वबाट रोग लागेमा बिशेक भइन्छ अथवा व्याधी हट्छ । शाकाहारी मात्र नभएर मांसहारी जनावर पनि विरामी परेका बेलामा झार र हरियो पत्ता खाएर सञ्चो हुन्छन् । मानिसलगायत सबै प्राणी र वनस्पति यही प्रकृतिमा सबैभन्दा धेरै रमाइरहेका हुन्छन् । त्यसैले त पर्यटकहरु शान्त, मनमोहक र शितल वातावरण खोज्दै डाँडाकाँडा, उकाली ओराली चर्हाछन् ।
बैज्ञानिक खोज अनुसार पृथ्वीमा सबैभन्दा पहिले समुद्रमा एककोषीय जीवको सुरुवात भयो र क्रमशः अरु जीवहरुको विकासका क्रममा जमिनमा बस्न सक्ने जनावर र मानिसका पूर्वज भनिएका रामा पिथेकस जस्ता बानरको विकास भयो । क्रमशः विकासकै क्रममा मानिसको विकास भएको मानिन्छ । विकासका क्रममा मानिस पशु जस्तै माटामै बस्थे, जनावर मारेर खान्थे, हरियो सागपात खान्थे, जराबुट्टा खान्थे । नदिको, पोखरीको पानी पिउथे र बलिया स्वस्थ रहन्थे । समयसँगै मानिस मात्रै बैज्ञानिक युगमा प्रवेश गर्यो तर पशुपंक्षी र वनस्पति प्राकृतिक रुपमै छन् । उनीहरु आज पनि प्रकृतिकै नियम मान्दछन् । जस्तै कुनै जनावर या पंछी विरामी परेमा केहि खादैनन, बस चुपचाप समयको प्रतिक्षामा हुन्छन् । अति भए मांसहारी जनावर र पक्षीले पनि हरियो घास खान्छन् त्यसमा रोग निको पार्ने शक्ति हुन्छ । यसरी प्रकृतिसँग भएको शक्तिको प्रयोग गरेमा प्राकृतिक रुपमै सञ्चो भइन्छ भन्ने सन्देश ति पशुपक्षीले दिन्छन् । यो उदाहरणले पनि पशुपंक्षी, वनस्पती अनि उपवास बस्ने र प्राकृतिक रुपमै सञ्चो हुने सास्वत सत्य हो र प्रकृतिमै सबै समस्याको समाधान पनि भएको प्रष्ट हुन्छ ।
प्रकृति मानिस, पशु अनि बनस्पतिको आहार, हावा, पानी अनि औषधिको माध्यम मात्र बनेको छैन बरु सम्पूर्ण खोज अनुसन्धान, आविस्कार अनि आधुनिक भनिएको जीवनको दाता र प्रत्यक्षदर्सी पनि हो । बैज्ञानिकहरुले जे जति परीक्षण गरे सबै यहीँ अवथा यही धर्ती माताको काखमा गरे । आमालाई दुःख दिएर, तोढफोड गरेर, निचोरेर, सयौं प्रजातिलाई नष्ट गरेर अनुसन्धान भए । यही धर्तीलाई ध्वस्त पार्न सक्ने मिसाइल बनिए । र पनि प्रकृति चुपचाप तमास हेरेर बसेको देख्न सकिन्छ । तर, अति भएपछि खती हुन्छ भन्ने कुराको उदाहरण आजकल प्रसस्तै देख्न सकिन्छ । जस्तै पृथ्ग्वीको तापमान वढेर जानुु, समयमा पानी नपर्नु, खाध्य उत्पादनमा कमि आउनु, पानीका मुहान सुक्दै जानु, जमिनमूनिको पानीको सतह गहिरिएर जानु, हिमालको हिउँ कम भएर जानु, ओजोन तह पातलिदै जानु जस्ता कयौं समस्याहरु पृथ्वीबासीमा देखा पर्न थालेका छन् । प्रकृति र प्राकृतिक स्रोतको अनावश्यक दोहन र विनासले भोली कस्तो रुप लेला भन्न सकिने अवस्था छैन् । यही भएर पनि विकसित मुलुकहरु कार्वन उत्र्सजन कम गरेर लग्न र प्राकृतिक उपहारको संरक्षणमा जुटन आव्हान गरिरहेका छन् । जस्तै रुखविरुवा रोप्न, नदिनालाको संरक्षण गर्न, औधोगिक क्षेत्र आधुनिकिकरणमा जान, विश्व नै ध्वस्त पार्ने अणुबम, क्षेप्रास्त नबनाउन, जतासुकै परीक्षण नगर्न ।
जसरी हाम्रो शरीर पञ्चतत्वको मिश्रणबाट बनेको छ त्यसरी नै शरीरमा लागेको रोग पनि यही उत्पन्न भएका जडीबुटी, हिमालको शुद्ध जल, माटो, र विभिन्न खनिजबाट ठीक गर्ने क्षमता राख्छन् । भनिन्छ, समस्याका पछाडी सामाधान पनि सँगै हुन्छ । त्यसरी नै प्रकृतिबाट उत्पन्न भएका विभिन्न रोगहरुको उपचार पनि यहीँ हुन्छ । उदाहरणको लागि अपच भएको छ, सामाधान उपवास । केहि समय शुद्ध जलमात्र पिएर खाना नखाई बस्ने हो भने अपच आफै ठीक हुन्छ । आवश्यक परेमा बिरे नुनको सेवन गर्न सकिन्छ अथवा कागती पानी पिउन सकिन्छ । पाचन तन्त्र बलियो बनाउन उपवास बस्नु प्रकृतिसंङ्गत हुन्छ । जसरी थाकेको मानिसलाई आराम आवश्यक हुन्छ त्यसरी नै पाचन बलियो बनाउन पेटलाई खाली हुन दिनुपर्छ । यसरी पेटमा पचाउनु पर्ने खानेकुरा नभए पछि पाचनतन्त्रमा भएका सबैखाले इन्जाइमहरु सक्रिय भएर बसेका हुन्छन् र हामीले खाना खाएपछि सजिलै पाचनतन्त्र सक्रिय हुन जान्छ र पाचन सहज हुन्छ । त्यसैले पनि ब्रत बस्ने नियम बनेको । यसरी नै विभिन्न प्रकारका विरामीमा खानालाई बार्न लगाइन्छ, यसको अर्थ पाचनक्रियालाई बोझ नपरोस भनेर हो ।
प्रकृतिको नियम अनुसार सूर्य उदयपश्चात र सूर्यअस्तपूर्व खाना खानुपर्छ । यो प्राकृतिक नियम हो । जसरी पशुले रातमा खाना खादैन मात्र उघ्राएर भएको खानालाई सहजै पचाउने काम गर्छन । हो, मानिसको पाचनतन्त्र पनि त्यस्तै हुन्छ । राती निदाउने समय हो । यो समयमा पाचनतन्त्र पनि आराम गर्न चाहन्छ तर हामी मानिस विभिन्न पकवान राती अथवा बेलुका(डीनरमा) खान्छौं । पाचनतन्त्रले आराम खोजिरहेको हुन्छ तर हामी उसलाई झनै बोझ थपि दिन्छौं । राती आराम पाउनु पर्ने झनै काम गर्न बाध्य बनाएपछि विस्तारै पाचन बिग्रिन जान्छ र कब्जियत लगायतका समस्या देखिन थाल्छन् । पेटमा अनावश्यक हावा भरिन थाल्छ । बायु धेरै चल्न थाल्छ । जसका कारण हामी विरामी पर्छौ जसलाई सजिलो भाषामा ग्याट्रिक भनिन्छ । एउटा खोज अनुसार हामीले पेटभरी खानेकुरा खानु भनेको आवश्यक भन्दा धेरै खानु हो । भनाई नै छ “थोरै खाए बल धेरै खाए मल” वास्तवमा हामी आवश्यकता भन्दा धेरै खाएर नै पेटको विरामी हुने गर्छाै । अझ राजसी या तामसी खानामा बल गर्छौं । खासमा खानुपर्ने सात्विक भोजन हो जसमा अनावश्यक तेल मसला, पिरो हुँदैन र मानिसको पाचन तन्त्रले पचाउन सक्ने भनेकै सात्विक भोजन हो तर हामी मुखको स्वादका लागि, देखावटी दुनियामा तामसी भोजन गर्छौ जसमा विभिन्न परिकार र माछामासु हुन्छ साथमा विभिन्न पेय पदार्थ पनि हुन्छन् । यसरी आज गर्दै भोली गर्दै हामी चाहिने भन्दा धेरै खान्छौं अनि वजन वढछ जसले उच्च सक्तचाप, मधुमेह जस्ता रोग निम्त्याउछ ।
आर्र्यूबेदका अनुसार हाम्रो शरीर बाथ, पित्त र कफको संयोजनमा चलेको हुन्छ । तिनैको बराबरी अवस्था रहेमा शरीर स्वस्थ रहन्छ । यदि यसमा तलमाथी भएमा शरीर विरामी हुन्छ । यो प्राकृतिक गुण हो । यो सिद्धान्तलाई ऋषिमुनीले बुझेर अनुभव गरेर आर्युर्वेद नाम दिएका हुन् । यसरी नै सत्रौं शताब्दिमा जन्मिएको होमियोप्याथिक चिकित्सा प्रणालीले पनि रोगका कारण सोर, सिफलिस र साइकोसिस भनेर प्रकृतिकै नियमलाई फलो गरेको छ र औषधि पनि प्रकृतिमै भएका जडीबुटी, रसायन, विभिन्न ग्रन्थीबाट निस्किने रस र विषैला पदार्थबाट बनाइन्छन् । यसमा पनि स्वास्थ मानिसमा परीक्षण (प्रुभिङ ) गरेर तयार पारिन्छ । र औषधि सेवन गर्न दिँदा पनि प्राकृतिक नियम अनुसारै दिइन्छ । आर्युवेदमा पनि यसरी नै दिइन्छ । तर विश्वमै नाम चलेको चिकित्सा एलोप्याथिमा भने अपोजिट प्रकारको उपचार हुन्छ । जस्तै शरीरमा अनावश्यक किटाणु या जीवाणु देखिएमा त्यसलाई मार्ने औषधि दिइन्छ । कब्जियत भएमा पखाला लगाउने औषधि दिइन्छ । जसले तुरुन्त आरामा महशुस गराउछ । यसैले गर्दा आज धेरैजसो मानिसहरु यसैमा आर्कषित देखिन्छन् । तर, यसका कुप्रभाव(साइड इफेक्ट) पनि धेरै हुने हुँदा अन्य रोगहरु पनि जन्मिरहेका हुन्छन् विरामी व्यक्तिमा ।
प्रकृतिले दिएका विभिन्न बोटविरुवा र झारजङ्गलमा जटिल भन्दा जटिल रोगको औषधीय तत्व निहित हुन्छ भन्ने कुराको एउटा उदाहरण हो लौठसल्लो जसबाट क्यान्सर जस्तो रोगको उपचारमा उपयोग अथवा किमोथेरापीमा यसैको प्रयोग गरिन्छ । विभिन्न प्रकारका खोपहरु प््राकृतिमै पाइने विषाणु र जीवाणुका सुक्ष्ममात्राबाट तयार पारिन्छ । नाम चलेको एलोप्याथिक चिकित्सामा देखिएका धेरै कुप्रभावबाट बच्न विकसित मुलुकहरुले आप्mना नागरिलाई अत्यन्तै आवश्यक भएमा मात्र त्यस्ता औषधिको प्र्रयोग गराउने गरेका छन् । सकेसम्म्म मानिसहरुलाई प्राकृतिक नियमअनुसार चल्न, काचोकचिलो धेरै खान, व्यायाम र योग गर्न, अनावश्यक खानेकुरामा प्रतिबन्ध लगाउने गरेका छन् । तर, हाम्रो जस्तो देशमा न सरकार सजग छ, न सरोकारवाला, न उपभोक्ता । जसको मारमा आम नागरिक परेका छन् । जस्तै अस्वस्थकर जङ्क फुड, पेय पदार्थ, अनि फ्रिजमा राखिएका खानेकुरा र मिसावट । यस्ता खानेकुरामा विशेष गरेर युवावर्ग धेरै आकर्षित भएका कारण उनीहरु सानैमा विभिन्न प्रकारका घातक रोगबाट पीडित हुने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।
त्यसैले धेरैजसो देशमा कृत्रिम खानेकुरा, प्रोसेसिङ गरिएका खानेकुरा भन्दा प्राकृतिक खानेकुरामा जोड दिइन्छ । काँचो खानेकुरा जस्तै फलफूल, सागपात, साकाहारी भोजनलाई प्राथामिकतामा राखिएको पाइन्छ । यसको अर्थ मानिस प्रकृतिसँगै रमाउन र यसैमा सुरक्षित रहेको महशुस गर्न थालेको छ । जसरी शुद्ध हावाले प्रसस्त अक्सिजन दिन्छ त्यसरी नै शुद्ध पानीले शरीरलाई चाहिने मिनरल प्रदान गर्छ । जसरी प्रकृतिकै उपज मानिस हो त्यसरी नै प्रकृतिले दिने खानेकुरा स्वस्थकर हुन्छन् । प्रकृतिको गर्भबाट निस्केको पानी, गाइबस्तुले दिने दुध, फलफुलको ताजा रस, उमारिएका गेडागुडी, खानासँग सलाद, सजिउनका विभिन्न परिकार, घिउ, दहि, तामा या पित्तलका भाडामा पकाएको खाना, कोदो, फापर, बाजरा, जस्ता खानेकुरा जो प्रकृतिबाट सिधै उत्पादन हुन्छन् जीवन स्वस्थ राख्न उत्तिनै उपयोगी हुन्छन् । जसरी खाना पानी र स्वास प्रकृतिबाट सिधै लिएमा स्वस्थकर हुन्छन् त्यसरी नै औषधि उपचार पनि केहि विशेष अवस्था बाहेक प्राकृतिक रुपमै हुनु रोग ठीक गर्ने सरल उपाय हो । मानिसलाई अक्सिजन कम भएमा या मृत्युको नजिक पुगेमा तुलसीको छेउमा राखिन्छ, खुल्ला हावामा राखिन्छ, गंगालगायत हिमालबाट बग्ने नदीको पानी पिलाइन्छ, सुन पानी पिलाइन्छ । यस्ता कुरामा बैज्ञानिक कारण लुकेका हुन्छन् । हरेक दिन बिहान ब्रहममुहुर्तमा उठ्ने, तामा या पित्तलका भाँडामा राखिएको मनतातो पानी पिउने, योग अभ्यास गर्ने, हिँडने र उज्यालो भएपछि काँचो फल जस्तै स्याउ, ड्राई फ्रुट्स आदि खाने, ग्रिन टि पिउने, पकाएको खाना कम र काँचो खानेकुरामा जोड दिन सल्लाह दिइन्छ । यसको कारण काँचो खानेकुरा र फलफुलमा क्षारीय तत्व धेरै हुन्छ भने पकाएको खानेकुरामा अम्लिय तत्व । क्षार र अम्ललाई व्यालेन्समा राख्न यो विधि प्रकृतिक रुपमा उपयुक्त मानिन्छ । यसले पाचनतन्त्र राम्रो बनाउन सघाउछ, साथमा सौच पनि पर्याप्त हुन्छ । पेट सफा हुनु भनेको आधा विरामी हटेर जानु हो । राती राम्रोसँग निदाउने भनेको फुर्ती हुने हो, हामी जति प्रकृतिसँग नजिक हुन्छौं त्यति स्वस्थ रहन सक्छौं । यही प्रकृतिको नियम हो ।