देश–समाज मुख्य समाचार स्थानीय

बेलुन पड्केर अर्थमन्त्री पौडेल र मेयर अचार्य घाइते, सघन कक्षमा उपचार हुँदै

दमक । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगलागी हुँदा घाइते अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् । कीर्तिपुरस्थित वर्न अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले विज्ञप्तिमार्फत सो जानकारी गराएका हुन् ।
अस्पतालको प्रारम्भिक अनुसन्धान अनुसार दुवै जनाको अनुहारमा ५–६ प्रतिशत जलेकाले श्वासनली र फोक्सोमा असर गर्ने हुँदा उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने आवश्यकता रहेको डा. नकर्मीले बताए । अहिले उनीहरुलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ । उनीहरुलाई आजै किर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।
शनिबार कार्यक्रमको उद्घाटन गर्ने क्रममा दीप प्रज्वलन गरेपछि बेलुन उडाउने क्रममा बेलुन आगोको ज्वालामा परेपछि पड्किको थियो । ठूलो आवाजसहित पड्किएको बेलुनका कारण पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका हुन्। घाइते दुवैजनालाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल पु¥याइएको र सघन कक्षमका उपचार भईरहेको अर्थमन्त्रालयको सचिवालयले जनाएको छ ।

Author

You may also like