खेल मुख्य

नेपालीभाषीको स्लोभेनियामा जित

दमक, २५ मंसिर।
स्लोभेनियामा सम्पन्न युरोपेली मुलुक स्लोभेनियाको एक पुरानो र ऐतिहासिक कराते खेल ‘ट्रोब्लजे’ ओपन २०२३ टूर्नामेंटमा नेपालीभाषी सहभागि संस्था इमस्का–डिस्काले दुई स्वर्ण सहित आठ पदक जितेको छ ।
नेपालीभाषी भुटानीहरुको खेलकुद संस्था ड्रुक इन्टरनेशनल सितेरियो कराते डो (डिस्का) र सोको सल्लाहकार संस्था इमस्काले सो ५१ औं ट्रोब्लजे ओपनको खेलमा संयुक्त रुपमा भाग लिएको थियो । जसमा १३ जना खेलाडीहरुको सहभागिता र पाँच जान प्रशिक्षकको उपस्थिति थियो । जसमा ५ खेलाडीले ८ पदक हाँसिल गर्न सफल भएको कुरा सेन्सिराज बरालले जानकारी गराएको अमेरिकाबाट पत्रकार अर्जुन प्रधानले उल्लेख गरेका छन् ।
पेन्सिल्भेनियाका भर्नन मगरले कुमुतेमा एक स्वर्ण र कातामा एक रजत जिते । साथै नाम्साहाङ राईले कातामा एक स्वर्ण जिते यस्तै आयुस तामाङले कुमुते र काता गरि एक एक कास्य पदक जिते । पेन्सिल्भेनियकी बन्दना राईले कुमुतेमा एक कास्य, ओहायोका रेहन पन्धाकले कुमुतेमा एक कास्य र नोर्थ डकोटाकी प्रेलिशा अधिकारीले एक कास्य जिते ।
कराते क्लब ‘ट्रोब्लजे’ का अध्यक्ष बन्दन सिमरलको पहलमा, अमेरिकी टोली इमस्का–डिस्का युएसएको सदस्यहरुद्वारा भ्रमण गरिएको थियो र सो शहरका मेयर म्यागले आफ्नै कार्यकक्षमा बोलाएर स्वागत गरेका थिए । भेटका क्रममा डिस्का सोकि रन राईले मेयर म्यागलाई नेपाली संस्कृतिको ढाका टोपी र खादा लगाएर सम्मान गरेका थिए । मेयर म्यागले खेलाडीको प्रशंसा र प्रोत्साहन गरेका खेल टोलीका प्रबन्ध समिति सदस्य टेक नेपालले जानकारी दिए ।
स्थापना पछिको यो युरोपेन खेलमा पहिलो सहभागिता हो भने यस अगि डिस्काले पाँचौ अन्तराष्ट्रिया खेल खेलिसकेको छ । ट्रोब्लजे ओपन टुर्नामेन्टको ५१ औं संस्करणमा कराँते खेलकुदमा ८ देश ५९ कल्बका गरि ५२४ खेलाडीको सहभागिता रहेको थियो । इमस्का चाँही डिस्काको एक सल्लाहकार सस्थाका रुपमा प्राविधिक क्षेत्रमा डिस्कालाई सहयोग गर्छ । सो प्रतियोगितामा स्लोभेनिया, अमेरिका सर्बिया, क्रोयेशिया, इटली, मोन्टेनेग्रो, म्यासेडोनिया र बोस्निया हर्जगोभिना आदि देशको सहभागिता रहेको थियो ।

You may also like