पथरी, २५ मंसिर।
ट्री हाउस सहितका पर्यटन प्रवद्र्धनका गतिविधिमा सक्रिय मोरङको पथरीशनिश्चरे १ मा अवस्थित शान्ति सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा कुलबहादुर ( कुलमणि ) गुरुङ निर्वाचित भएका छन् ।
आइतबार विहान प्राप्त अन्तिम मतपरिणाम अनुसार आफ्ना निकटतम प्रतिद्धन्दि इन्द्रबहादुर राई (आइबी) लाई २४ मतले पछि पार्दै गुरुङ विजयी बनेका हुन् । ४ जना प्रतिस्पर्धि रहेको अध्यक्ष पदका उम्मेद्धारमा गुरुङले ३ सय २० मत ल्याएर विजयी बने भने उनका निकटतम प्रतिष्पर्धी आइबीले २ सय ९६ मत ल्याएका थिए । त्यस्तै अर्का उम्मेद्धार पूर्ण पाख्रिनले २ सय १८ र हेमभक्त गुरुङले ७९ मत प्राप्त गरेका थिए । अध्यक्षमा निर्वाचित गुरुङ अघिल्लो कार्यसमितिमा कोषाध्यक्ष रहेका थिए । उनी नेकपा एमाले निकट हुन् । त्यस्तै, उपाध्यक्षमा नवराज मिश्र २ सय ५९ मतको साथ विजयी भए । प्रत्यासी गोपाल तामाङले २ सय ३४ मत प्राप्त गरेर पराजय भोगे । सचिवमा ४ सय ३१ मत प्राप्त गर्दै अनिता थापा विजयी भइन् । सहसचिवमा सीता धिमाल निर्वाचित भइन् । कोषाध्यक्षमा रोमान्सी धिमाल निर्वाचित भइन् । सदस्यमा, अमित बहादुर लिम्बू, सुमन कार्की, मिलन राई, चित्रकलाई राई, अम्बिका लिम्बू, सरिता राई, गोमा खड्का र बन्दना कट्टेल निर्वाचित बने । १०१७ मतदाता रहेको वन समितिमा ९६३ मत खसेको थियो ।