मुख्य

दाहाल प्रतिष्ठानको प्रदेश अधिवेशन सम्पन्न

दमक, ८ पुस। दाहाल प्रतिष्ठानको कोशी प्रदेश दोस्रो अधिवेशन झापाको दमकस्थित दाहाल प्रतिष्ठानमा सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनले ४१ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।
जसको अध्यक्ष रुद्रप्रसाद दाहाल चयन भएका छन् भने उपाध्यक्षमा योगनाथ दाहाल, होमशंकर दाहाल, मोहन प्रसाद दाहाल, सचिवमा तिर्थकुमार दाहाल, सहसचिवमा डोरप्रसाद दाहाल र कोषाध्यक्षमा ताराप्रसाद दाहाल चयन भएका छन् ।
यसैगरी समिति सदस्यहरुमा विमल, टिकादेवी, तारादेवी, जयकृष्ण, गितामणि, उर्मिला, शंकरप्रसाद, बेदप्रकाश, चिरञ्जिवी, हेमादेवी, ऋशीकेश, चन्द्रमणि, मोहनप्रसाद, पृथ्वी, ललितबहादुर, भुपालप्रसाद, कविता, प्रेमराज, नगेन्द्रप्रसाद, तेजप्रसाद, शालिग्राम, भिमप्रसाद, तुलसीप्रसाद, पदमप्रसाद, रुपचन्द्र, गोपालप्रसाद दाहाल, दीपा काफ्ले दाहाल, शशी आचार्य दाहाल, कुमारी आचार्य दाहाल, निर्मला गुरागाईं दाहाल चयन भएका छन् ।
यसैगरी प्रदेश लेखा समिति संयोजक टिकाराम दाहाल, सदस्य प्रमोदकुमार दाहाल, सदस्य जुनिता सुवेदी दाहाल रहेका छन् ।
निर्वाचन सम्पन्न गर्न केन्द्रीय समिति महासचिव सूर्यकुमार दाहालको संयोजकत्वमा चिन्तामणि र राकेश दाहाल रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
अधिवेशनको प्रमुख अतिथि केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद दाहाल रहेका थिए भने कार्यक्रमको सभापतित्व प्रदेश उपाध्यक्ष अमृता बराल दाहालले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन प्रदेश सचिव प्रलाद दाहालले गरेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष शालिग्राम दाहाल, सहअध्यक्ष कमलप्रसाद दाहाल, संगठन विभाग प्रमुख तथा
४१ सदस्यीय…..वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद दाहाल, बरिष्ठ उपाध्यक्ष डोयना दाहाल,केन्दीय उपाध्यक्ष यिशुराज दाहाल, महासचिव तथा निर्वाचन आयुक्त सूर्यकुमार दाहाल, केन्द्रीय सचिव शिवहरि दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

You may also like