दमक, ८ पुस।
दमकको पुरानो संस्था प्रतिभा निकेतनले शनिबार आफ्नो प्रकाशनको १८ औं अंक लोकार्पण गरेको छ ।
दमक नगरपालिका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा प्रा.डा. गोविन्दराज भट्टराई, निवर्तमान उपसचिव टेकनाथ रेग्मी, दमक नगर शिक्षा शाखा प्रमुख प्रवीण खड्का सहितले विशिष्ट अतिथिका रुपमा प्रतिभा अंकको लोकार्पण गर्दै दमकको साहित्यिक गतिविधि अघि बढाउन सवैको सहकार्य आवश्यक रहेको बताए । जीवन स्मृति प्रतिष्ठानका अध्यक्ष भूमिप्रसाद दहाल, साहित्यक कला संगम अध्यक्ष विष्णुप्रसाद न्यौपाने, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई सहितले साहित्यिक गतिविधि प्रवद्र्धनका धारणा राखेका थिए ।
प्रतिभाको सो समसामयिक अंकमाथि साहित्यकार कोमलप्रसाद पोखरेल र डा. व्यन्जना शर्माले समीक्षात्मक टिप्पणी गरेका छन् । सो अंकको सम्पादन मण्डलमा खेमलाल पोखरेल, बाँस्कोटा धनञ्जय र रामप्रसाद भण्डारी रहेका छन् । ५३ वटा लेख रचना रहेको पुस्तक २ सय ९३ पृष्ठको रहेको छ । ३२ वर्षअघिबाट संस्थाले प्रकाशन थालेको हो । कार्यक्रममा टंकप्रसाद पाठक, सकुन्तला सुब्बा, जयनारायण भट्टराई, लक्ष्मीप्रसाद खनाल, यादवप्रसाद अधिकारी झाँक्रीखोले लगायतले कविता सहितका रचना वाचन गरेका थिए । निकेतनका निवर्तमान अध्यक्ष मेघराज तिम्सिनाको अध्यक्षताको कार्यक्रममा निवर्तमान उपाध्यक्ष गंगाधर कट्टेलको स्वागत मन्तव्य तथा उपाध्यक्ष रघुनाथ भण्डारी र सचिव प्रकाश भण्डारीको संयुक्त उद्घोषण रहेको थियो ।