दमक/ झापाको दमकमा दन्त चिकित्साको क्षेत्रमा सेवा दिँदै आएको ॐ शान्ति डेन्टल हस्पिटल सोमबारदेखि दमक –५ बेलडाँगी रोडस्थित आफ्नै भवनमा सरेको छ । हस्पिटलका दन्त चिकित्सक डा. सिपी गैरेले सोही वडाका वडाध्यक्ष इन्द्र बहादुर गुरुङको दाँत परीक्षण गरेर नयाँ भवनबाट सेवा दिने कार्यको शुभारम्भ गरे हस्पिटलले यसअघि गणतन्त्र चौक उत्तरको भाडाको भवनबाट सेवा दिँदै आएको थियो । हस्पिटलले सम्पर्कमा आउने बिरामीहरुलाई सेवा दिनुका साथै समुदायमा गएर समेत विभिन्न समयमा निःशुल्क दन्त शिविरहरु पनि संचालन गर्दै आएको व्यवस्थापक कमल गैरेले त्यस अवसरमा जानकारी गराए । सो हस्पिटलमा हाल ६÷७ जना दन्त चिकित्सकहरुले सेवा दिँदै आएको बताइएको छ । सो हस्पिटल विगत १७ वर्षदेखि संचालनमा रहेको छ ।