बाँस्कोटा धनञ्जय –
म भविष्य द्रष्टा होइन । तर मेरा अभिब्यक्तिले भविष्य देख्दा रहेछन्, खुसी लाग्छ । अहिले दलहरु र तिनका नेताको भूमिका, बोली र तिनले यो देशकालागि गरेका कर्महरुको फेहरिस्त देखेपछि मैले मेरो पुरानो लेख पल्टाएँ । मैले २०७१ साल चैत्र २ गते पूर्वसन्देश दैनिकमा लेखेको यो लेख आज कसरी सही सावित भयो भनेर अचम्म पनि लागिरहेको छ ।
त्यो लेखमा के थियो ?
माथिको शीर्षक र मुनिको लेख जस्ताको तस्तै ः

तेजाव छर्किएर अनुहारै कुरुप भएर जीवन मरणको दोसाँधमा रहेका दुई किशोरी संगीता र सीमाहरुको कारुणीक कथामा होस् वा बाराकी आठ बर्षे बालिका पूजा शाहको बलात्कार पछिको हत्याको कारुणीक कथामा होस, यो देश रुपान्तरित भइरहेको छ आज । त्यो रुपान्तरण निकै ‘अग्रगामी’ छ किनभने अहिले २०६२ ÷ ०६३ को जनआन्दोलनको महान उपलब्धीस्वरुप मुलुक अग्रगमनतिर गइरहेको छ । यस्तो महान कार्यलाई दुत्कार्नु प्रतिगमनतिर जानु हो । यसर्थ कसैले पनि यस महान रुपान्तरणमा प्रश्न उठाउने होइन, बरु सहभागी बन्ने हो । दिनहुँ यस्ता अपराधिक घटनाहरु बढिरहेका छन् । राज्य नामको संस्था रमिते भएको छ, किनभने ऊ पनि रुपान्तरणमै छ । कार्बाही गर्न मिल्दैन, कतै कानूनले दिंदैन भने कतै बाँडिचुँडी सत्तामा भाग खानुपर्ने दलका कार्यकर्ता परिदिन्छन्, कतै बिपक्षीका मान्छे परिदिन्छन् र तिनलाई ‘छुनै’ मिल्दैन । नत्र थामिसक्नु हुँदैन । कतै आँपूmलाई चुनावमा तन र मनले सघाउने परिदिन्छन् । कतै चन्दा दिएर राजनीतिमा बैतरणी तारिदिने मनुवा परिदिन्छन् । तिनलाई पनि छुनै भएन । अव बाँकी मान्छेले त यस्ता अपराधी काम गरेकै हुँदैन । परेन फसाद ?

यिनलाई त सिर्पm सत्ताको रस चाहिएको छ । बाँडिचुँडी खानु छ । त्यही नपाउँदा यिनले बितण्डा गर्छन् । नेतृत्वका गुण राजनीतिक स्वाभिमानको सुरक्षामा प्रतिवद्ध, नेपाली जनतालाई मात्र शक्तिको श्रोत मान्ने चरित्र भएको, प्रजातान्त्रिक बिधिबाट स्थापित राष्ट्रिय नेतृत्व हुनु पर्नेमा यी त खाइदेऊ हुन् ।
अहिले जेठो पुस्ता देशलाई भताभुङ्ग पारेर अनिंदो भएको छ । ऊ दश बर्ष भयो वार्ता वार्ता भन्छ र ढिकुटी सक्छ । उसले सिर्पm आँपूmलाई हेर्छ, आप्mनो दललाई हेर्छ । ‘आप्mना मान्छे’ हेर्छ । अनि दोश्रो पुस्ता चाहिं भूमिका नपाएर पटक पटक भूमिकाको खोजीमा कुहिरोका काग भएका छन् ।
संविधानसभाले भारत टुत्र्mयाएको देख्ने पुस्ता पनि सकिदै गएको छ । तर यो पुस्ताले कलर रिभुलेसनको उत्तरआधुनिक अभ्यास देखेको छ । यसमा केही आसा गर्न सकिन्छ । क्mलर रिभोलुसनको उत्तरआधुनिक प्रयोग गर्न पुगेको सभ्यताका युवा पुस्ताका नयाँ कलर रिभोलुसनले मात्र यसलाई ध्वस्त पार्न सक्छ । सन् १९८६ मा फिलिपिन्सका राष्ट्रपति फर्डिन्याण्ड मार्कोस बिरुद्ध गरिएको क्रान्तिलाई कलर रिभोलुसन भनिएको थियो । यो पदावली लोकप्रिय बन्यो संसार भरी । न्यूयोर्कको अर्थतन्त्रको वालस्टिरट कब्जा पनि यही रिभोलुसन थियो । भारतमा अन्ना हजारेको भ्रष्टाचार बिरोधी आन्दोलन, अनि केजरीवालको उदय पनि यही उदाहरण थियो । ट्यूनिसियामा २०१० मा बेरोजगार युवाले आत्महत्या गर्दा हल्लिएका अफ्रिकाका शासकहरुको कथा पनि यही थियो । झापाका एमाले कार्यकर्ताले छोरालाई जागिर दिन नसकेको भनेर एमाले पार्टी कार्यालय बल्खुमा झुण्डिएर आत्महत्या गरेको कथा पनि यही थियो । पहिलो संविधानसभा चुनावपछि शीर्ष पार्टी अध्यक्षहरुलाई आप्mनै कार्यकर्ताहरुले झापड हानेका सुन्दर कुरुप दृष्यहरुको पर्दा उघ्रिएका सबै कथाहरु कलर रिभोलुसन नै हुन् ।
किनभने कलर रिभोलुसनले डरलाग्दा तानाशाहहरु समेत धमाधम ढल्छन् । यो भन्दा शक्तिशाली आन्दोलन अरु केही छैन । यसले हतियारको प्रयोग गर्दैन, बरु हतियारधारीलाई नै पल्टाइदिन्छ । यसले मिडिया, सामाजिक सञ्जालहरुको प्रयोग गर्छ । जनतालाई सही सूचना दिएर सबैलाई नैतिक र भौतिक रुपले एकाकार गराउँछ । अहिले पनि कलर रिभुलेसनको बिम्बहरुको प्रयोगमा भारी बृद्धि भइरहेको छ, तर त्यसले काम भने गरिरहेको छैन । यसको कारण नेतृत्वको अचेतना हो । सबै ठूला पार्टीका युवा नेताहरु नेतृत्वलाई दवाव दिन भनेर संघठित हुन्छन्, भेटछन् अनि सेलाउँछन् । विद्यार्थी नेताहरु पनि सडकमा निस्किन्छन् अनि सेलाउँछन् । अहिले तिनले नेतृत्वलाई संविधान बनाउन दिएको दवाव त्यसै सेलाएर जाँदै छ । पेशाकर्मी, वकिल, प्राध्यापक, विद्यार्थी, ब्यापारी सबै संविधान बनाउन दवाव दिन्छन् । २०३५ सालको विद्यार्थी आन्दोलनको रापले जनमत संग्रह भयो । तर नेतृत्व आत्मरतिमै ब्यस्त छ । यस्तै गल्ती नेतृत्वले इजिप्ट, सिरिया, यमन र ट्यूनिसियामा पनि गरे र ढले आँपैंm ।
तर नेता इतिहासबाट पाठ सिक्दैनन् । त्यसैले गल्ती पनि दोहोरिन्छन् र दर्घटना पनि हुन्छन् । संसदीय व्यवस्था खतम हुनुमा संसदीय व्यवस्थाको जनाइ लाउनेहरुको अकर्मण्यताको कारण थियो । प्रजातन्त्रिक चुनावलाई स्वीकार्न नसक्दा पाकिस्तान बिभाजन भयो । भ्रष्टाचार, आर्थिक मन्दी, जनता र राज्यलाई पृथक्याउन खोज्दा सोभियत संघ विघटन भयो । भ्रटाचार र कुशासनको कुरुप दृष्यमा उत्रिएको भारतको कांग्रेस यसपालीको चुनवमा महालुते बालक भएर उभियो ।
तर पनि नेतृत्व अबुभैm रहेको छ । यी असफलताहरुबाट यिनले केही पनि शिक्षा लिएको देखिंदैन । २०७१ फागुन २९ गते दलहरुवीच बसेका बैठकहरु केवल जनतालाई देखाउनमात्र रचिएका थिए । अनि ६५ बर्षमा नेपालले पाँचवटा संविधान प्रयोगमा ल्याएर पनि सफल भएनन् । यिनलाई थाहा छैन, अढाइसय बर्षमा अमेरिकामा एउटै संविधान छ, भारतमा पचहत्तर बर्षदेखि एउटै संविधान छ । नेपालमा यी सबै संविधान किन असफल भए र ७ बर्षमा अन्तरिम संविधान झण्डै आधा दर्जन भन्दा धेरैपटक संशोधन भइसकेको छ । यस्तो फितलो ‘भाँडाकुटी खेल’ मा शिर्ष नेतृत्व तल्लिन छ । यी नेतृत्वलाई थाहा छैन, किन अमेरिकामा अर्को राज्य बनाउने आन्दोलन हुँदैन ? संघीयताले जर्मनी, स्वीटजरल्याण्ड र क्यानाडा जस्ता मुलुकहरुलाई कसरी बलियो बनाउन सकेको छ ? अनि संघीयताले ५७ बर्षको अवधिमा ३ राज्यबाट ३६ राज्यमा विभाजन गरिसकेको नाइजेरियाको अन्तहिन गृहयुद्धलाई मलजल गरेको यथार्थको ज्ञान यिनलाई छ ? संघीयताले भारतलाई टुत्र्mाएको यिनलाई थाहा छ ? यिनीहरु त आप्mनो स्वार्थ सिद्धि गर्नमै ब्यस्त छन् ।
इतिहासको अर्थ र महत्व हुन्छ यदि बुझेमा । इतिहासले सम्झाउँछ राम्ररी सुस्त मनस्थिति भएका हाम्राजस्ता नेतृत्वहरुलाई । अनि नटेरे यसले दण्ड पनि दिन्छ । त्यो पनि कठोर । वर्तमान नेतृत्वले यो कुरा बुझेकै छैनन् । यिनले आप्mनो गौरवपूर्ण इतिहासका पाना भविष्यका सन्ततीहरुलाई हस्तान्तरण गर्न सकेका छैनन् । यी त इतिहास मासेर इतिहास बनाउन खोज्ने भूईफुट्टा हुन् । यिनले पितृदोष खेपाइरहनेछन् आउने सन्ततीहरुलाई पनि । किनभने यिनले इतिहास सम्झिन र त्यसबाट सिक्न आप्mना कार्यकर्ताहरुलाई निषेध गरिरहेका छन् । यही कारणले अहिले कुरुप दृष्यमा देश सिंगारिन खोज्दै छ ।
उत्साहविहीन दलहरु वार्ताका लागि वार्ता गरिरहेका छन् । अहिले बाँडिचुँडी खाने पद्धती चाहिएको छ । खान बाँडेर भाग लगाएपछि आन्दोलन गर्ने दलहरु प्नि भारी बिसाउनेछन् । सबैलाई भाग चाहिएको छ । पार्टी पाल्नु छ । कार्यकर्ता पाल्नु छ । बेलुकाका सिटिङ्ग धान्नु छ । चुनावमा पैसाको खोलो बगाउनु छ । कार्यकर्ता किनेर पार्टीमा कब्जा जमाउनु छ । गुण्डा पाल्नु छ । ठूला घरमा बस्नु छ । गाडी चढनु छ । गतिला मोवायल चलाउनु छ । छोराछोरीलाई विदेशमा पढाउनु छ । त्यति गर्न सत्ता नै चाहिन्छ, अरुले हुँदैन । त्यसमा पनि यी काम गर्न मधेसका दलहरुलाई त झनै सत्ता नभै हुँदै हुँदैन । भागबण्डामिले पछि सबै कुरा मिल्छ । संवैधानिक पदहरुमा आप्mनो भागी खाने अनि आँपैंmलाई ‘विपक्षी’ भनेर आन्दोलन गर्नु कुन राजनैतिकवाद हो ? यो सबै खाइतेहरुको कुरा नमिलेको हो, संविधानको कुरा होइन ।
यी दलहरु रहेसम्म नेपालको विकास सम्भव छैन । लोडसेडिङ्ग जनताले बढाएका होइनन् । विकास आयोजनामा जनताले अवरोध गरेका होइनन् । गुण्डागर्दी जनताले गरेका होइनन् । भ्रष्टाचार जनताले गरेका होइनन् । राजनैतिक विकृति जनताले ल्याएका होइनन् । बलात्कार जनताले गरेका होइनन्, किनभने ती कुनै न कुनै पार्टीका सकृय कार्यकर्ता हुन् र तिनलाई छुटाउन तिनका पार्टी कुनै सत्तामा छन्, कुनै सत्ता र सडक दुवै ठाउँमा छन् । संविधान बनाउने गफ गरेर यिनले मुलुकलाई एक दशक बर्बाद गरिसके । अघिल्लो एक दशक बन्दुक र बारुदले बर्वाद ग¥यो । अर्को दशक संविधान बनाउने भनेर विताए । अव संविधान बनाइहाले भने अवको एक दशक यिनले यो मुलुक बर्वाद गर्नेछन्, किनकि यिनले सामाजिक द्धन्द्ध भित्र्याइसकेका छन् । यी लगातार मुलुकलाई बर्वाद गर्नेहरु लगातार सत्तामा रहिरहनेछन् । मुलुकलाई बर्वाद गरिरहने छन् । अवको समाधान भनेको यी विदेशी नाम र प्रभावका सबै दलहरु खारेज हुनुपर्छ । त्यसैमा यो मुलुकको हित छ । जनताको हित छ । देशको माटोसंग मेल खाने नामका दल गठन गर्न आव्हान गर्नु पर्छ यदि देश बचाउने हो भने ।

Author

You may also like