अर्थ मुख्य

स्वर्णलक्ष्मीको उर्लाबारी इकाई साधारणसभा

उर्लाबारी, २५ भदौ ÷
दमकमा प्रधान कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १४औं बार्षिक साधारणसभा अन्तर्गत उर्लाबारी सेवा केन्द्रको ईकाइगत साधारणसभा सम्पन्न गरेको छ ।
उर्लाबारी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रबिन लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, उर्लाबारी रेडक्रस अध्यक्ष भानुभक्त पराजुली, ग्रामिण साकोस कोषाध्यक्ष बिष्णु गुरागाँई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
सहकारीका अध्यक्ष बुद्धिसागर बरालले संस्थाको सम्पूर्णतर्फको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०७९÷०८० मा १ अर्ब १९ करोड ७६ लाख ८ हजार ५ सय ६७ रुपैयाँको कुल कारोवार गरेको जानकारी गराए । संस्थाले गत आर्थिक बर्षमा कुल आम्दानी २ करोड ५४ लाख ६२ हजार ६ सय गरेकोमा कर कटाएर २ करोड ४२ लाख २९ हजार १ सय ८ खुद बचत गरेको जानकारी गराएका थिए । शेयर पुँजी ११ करोड २८ लाख ११ हजार १ सय रहेको संस्थामा जगेडा कोष ७ करोड ६ लाख ९४ हजार ३४ रहेको लेखा समिति संयोजक गायत्रीप्रसाद पराजुलीले बताएका छन् ।
बरालद्वारा प्रस्तुत प्रतिवेदनमा संस्थाले सेयर सदस्यहरुका लागि विप्रेषण सेवा, स्वर्णलक्ष्मी मोवाइल बैंकिङ सेवा, पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम, एकीकृत ब्यबस्थापन सूचना प्रणाली, सीपमुलक तालिम सञ्चालन गरेको उल्लेख छ । सुत्केरी राहत खर्च, सदस्य मृत्यु राहत, दीर्घरोग राहत, शल्यक्रिया उपचार खर्च ,आर्थिक लगानी लगायत संस्थाले अवलम्बन गरेका विभिन्न कार्यक्रम बारेमा सेयर सदस्यलाई जानकारी गराएको संस्थाका उर्लाबारी सेवा केन्द्र संयोजक प्रेमकुमारी रिजालले वताइन् ।

Author

You may also like