अर्थ मुख्य

उर्लाबारीको बजेट पुस्तिका सार्वजनिक

उर्लाबारी, २५ भदौ ÷
उर्लाबारी नगरपालिका लाई सफल र समृद्धि ल्याउन सबैको साथ र एकताले मात्रै सम्भव हुने उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले वताएका छन् ।
नगरपालिकाद्वारा १० औं नगर सभाबाट पारित नीति कार्यक्रम तथा बजेट पुस्तिका आइतबार सार्वजनिक कार्यक्रममा सो कुरा बताएका हुन् ।
जनताको चाहना बमोजिम पालिकाको विकास गर्न आफू र अहिलेको टिम लागिपरेको हुँदा नगरवासी सम्पूर्णले सकारात्मक सोच विचार र सल्लाहलाई सधैं सिरोपर गरेर हिड्ने प्रतिबद्धता जनाए । राजनीतिक दलकोतर्फबाट जसपा उर्लाबारी अध्यक्ष मातृका धिमाल , उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी लगायतले प्रभावकारी कार्यसम्पादन र पारदर्शी काम भए सबैको साथ रहने जनाएका थिए ।
उर्लाबारी नगरपालिकाको दशौं नगरसभाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३० करोड ४० लाख रुपैयाँ बराबरको बजेट पारित गरेको थियो ।
बजेटमा चालू खर्चतर्फ ५७ करोड ३७ लाख ९३ हजार ७२० रुपैयाँ र पुँजीगततर्फ ७३ करोड २ लाख ८२ हजार ९१८ रुपैयाँ अनुमान गरिएको छ । आन्तरिक आम्दानीतर्फ ५ करोड ७८ लाख ७ हजार, संघीय सरकार राजश्व बाँडफाँडतर्फ ११ करोड ९ लाख ६७ हजार, समानिकरण अनुदानतर्फ १५ करोड ६५ लाख, विशेष अनुदान २ करोड, राजश्व बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर ३ लाख ७० हजार २६०, वित्तिय समानिकरण प्रदेश सरकारतर्फ १ करोड ९९ हजार, सवारी साधन कर बाँडफाँड प्रदेश सरकारतर्फ ९२ लाख ९४ हजार, सडक बोर्डबाट प्राप्त हुने रकम ५८ लाख, संघीय सरकार सशर्त अनुदानतर्फ ५९ करोड ७३ लाख, प्रदेश सरकार ससर्त अनुदानतर्फ ४५ लाख रहेको छ ।
त्यस्तै, आयतर्फ नै रजिष्ट्रेशन बाँडफाँडबाट भई प्राप्त वन रोयल्टी २१ लाख, प्रदेश सरकार समपूरक अनुदानतर्फ १ करोड ५० लाख, अन्य बाँडफाँडबाट प्राप्त हुने २ करोड ६५ लाख हुने अनुमान छ । यसैगरि जनसहभागितातर्फ १ करोड ९० लाख र आर्थिक बर्ष २०७९÷०८० को मौज्दाततर्फ २० करोड १० लाख ३९ हजार ३७८ गरी कुल आम्दानी १ अर्ब ३० करोड ४० लाख ७६ हजार ६३८ रुपैयाँ अनुमान गरिएको छ ।
ब्ययतर्फ ५९ करोड ७३ लाख, संघीय सरकार विशेष अनुदानतर्फ १ करोड ५० लाख, विशेष अनुदानतर्फ २ करोड, समपुरक अनुदानतर्फ १ करोड, प्रदेश सरकार समपूरक अनुदानतर्फ १ करोड ५० लाख, सर्शत अनुदानतर्फ ४५ लाख, सडक बोर्डबाट प्राप्त हुने रकम सडक मर्मततर्फ ५८ लाख, जनसहभागितातर्फ १ करोड ९० लाख, चालु तथा प्रशासनिक खर्चतर्फ १३ करोड ५६ लाख ४० हजार ४९७, नगर गौरब आयोजनाको लागि ७५ लाख, नगरपालिकाको समपूरक कोषतर्फ २ करोड, भवन निर्माणतर्फ १ करोड ५० लाख, ऐन बमोजिम नगरपालिकाले आफैले गर्नुपर्ने अत्यावश्यक कार्यहरुतर्फ २ करोड ८५ लाख विनियोजन गरिएको छ । विपद् ब्यवस्थापन कोषमा १ करोड २५ लाख, आकस्मिक कोषमा २५ लाख, मर्मत सम्भार कोषमा १ करोड २५ लाख, गत बर्षको क्रमागत योजनातर्फ २ करोड ८३ लाख ६१ हजार १४१ रुपैयाँ र नगरपालिका विषय क्षेत्रगत योजना तथा कार्यक्रमको एकमुष्ट ३६ करोड ९९ लाख ७५ हजार गरी कुल खर्च १ अर्ब ३० करोड ४० लाख ७८ हजार ६३८ रुपैयाँ अनुमान गरिएको छ ।
नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख मिना खतिवडा पौडेल , प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला सहितको सहभागिता थियो ।

Author

You may also like