देश–समाज मुख्य समाचार स्थानीय स्वास्थ्य

नेपाल रेडियोलोजिष्ट एशोसिएसनको नयाँ नेतृत्व चयन

विराटनगर/ नेपाल रेडियोलोजिष्ट एशोसिएसनको विराटनगर र इटहरीमा आयोजित वार्षिक राष्ट्रिय सम्मेलन नयाँ नेतृत्वको चयन गर्दै शनिबार सम्पन्न भएको छ । फागुन २२ गतेदेखि २४ गतेसम्म सञ्चालित कार्यक्रममा देश र विदेशका गरि करिब २ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रमको पहिलो दिन २२ गते विराटनगरमा भारतबाट आएका डा. विवेक काश्यपको नेतृत्वमा थप ४ जना विशेषज्ञहरुले फिटल मेडिसिनमा एक दिने तालिम विराट मेडिकल कलेजमा दिएका थिए ।
कार्यक्रमको दोस्रो र तेस्रो दिन इटहरीमा रेडियोलोजीको क्षेत्रमा ख्याति प्राप्त करिब ३० जना अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुको साथै विचार व्यक्त गरेका थिए । सो अवसरमा विदेश तथा नेपालका गरी रेडियोलोजिस्टहरुले ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरेका थिए । प्री–कन्फरेन्स कार्यशाला, कार्यपत्र प्रस्तुतिहरू र प्यानल छलफलहरू पश्चात् सम्मेलन सम्पन्न भएको कार्यक्रमा मुख्य वक्ताको रुपमा अमेरिकाबाट आएका प्रा.डा. कार्लोस एस. रेस्त्रेपो रहेका थिए ।
सम्मेलनको उद्घाटन समारोह नेपाल रेडियोलोजिष्ट एशोसिएसनका केन्द्रीय अध्यक्ष प्रा.डा.सरोज शर्माको अध्यक्षतामा डा. तीर्थराज बुर्लाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।
नयाँ नेतृत्वको चयन


इटहरीमा सम्पन्न नेपाल रेडियोलोष्टि एशोसिएसनको निर्वाचनले डा. तेजेन्द्र कार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा डा. कृष्ण बुढाथोकी, महासचिवमा डा. सरोजराज केसी, सहसचिवमा डा. नवराज रानाभाट, कोषाध्यक्षमा डा. रोशना खड्का, सहकोषाध्यक्षमा डा. राजेन्द्र चौधरी र सदस्यहरुमा डा. निशान्त मिश्रा, डा. अम्बिका पोखरेल र डा. सुश्मित काफ्ले चयन भएका छन् ।

Author

You may also like