मुख्य

‘शेरबहादुर भट्टराईः एक चिनारी’ सार्वजनिक

दमक/ नेपाली काँग्रेस झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराईको व्यक्तित्वका बारेमा तयार गरिएको ‘शेरबहादुर भट्टराई एक चिनारी’ नामक पुस्तक सार्वजनिक भएको छ । दमकका सामाजिक व्यक्तित्व तथा काँग्रेस झापाका उपसभापति भट्टराईका बारेमा बिभिन्न ४६ जना लेखकले लेखेको पुस्तक बिहीबार नयाँ वर्षको अवसरमा एक औपचारीक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।
राष्ट्रियसभाका पूर्वसदस्य डिल्ली सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधानसभा सदस्य सुधीर शिवाकोटी, प्रदेस सभा सदस्य तथा पूर्व मन्त्री हिक्मत कार्की, प्रदेससभा सदस्य अर्जुन राई लगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् । प्रकाशक सितादेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले शेरबहादुर भट्टराई राजनीतिकर्मी मात्रै नभएर एकजना सामाजिक अभियन्ता समेत भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै काँग्रेस झापाका सभापति देउकुमार थेवे, संविधानसभा सदस्य शिवाकोटी, पूर्वप्रदेश मन्त्री कार्की, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उप–प्रमुख गीता अधिकारी, गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार साह, दमककी महिला नेत्री रेगिना भट्टराई प्रसाईं, नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी लगायतले शेरबहादुर भट्टराईले दमकको निर्माणमा पु¥याएको योगदानका बारेमा पछिल्लो पुस्तालाई जानकारी गराउन पनि यो पुस्तक सहयोगी हुने प्रष्ट पारे । शेरबहादुर भट्टराई जुनसुकै काममा पनि सफल भएको भन्दै उनको जीवन नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको वक्ताहरुले बताएका थिए । कार्यक्रममा पुस्तकका प्रधानसम्पादक खेमलाल पोखरेल, कार्यकारी सम्पादक धनकुटे कान्छा लगायतले समेत बोल्दै शेरबहादुर भट्टराईको जीवनी समेटिएको पुस्तककले जीवन जिउने कला सिकाउने भएको पुस्तक उपयोगी रहेको प्रकाश पारे ।

Author

You may also like