विराटनगर, २४ भदौ÷ मोरङको विराटनगरमा ‘विराटनगर विद्यालय नाटक महोत्सव २०८०’ शुरु भएको छ ।
आरोहण गुरुकुलको संयोजना गुरुकुलका भरत कार्कीद्वारा निर्देशित नाटक ‘नेता जी’मञ्चन गरी महोत्सवको सुरुवात गरिएको छ । यसकासाथै सन् २००७ देखि २००९ सम्म संस्थाले नाट्य प्रशिक्षण दिएका विद्यार्थीहरुलाई प्रशिक्षार्थीको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
शनिबार मोर्डन एरा इङ्गलिस स्कुलले नाटक ‘आधा सत्य’ मञ्चन गरेको छ । महोत्सवमा भदौ २२ देखि ३१ सम्म १० वटा नाटक प्रस्तुत हुनेछन् ।

Author

You may also like