कला/साहित्य/संस्कृति लेख

अगष्टस, प्यादा र देश

     ==== कोही श्रीमती, बुहारी, सम्धी, छोरी, छोरालाई पद बाँडेर देशको साधन र श्रोतलाई लुट्न मस्त छन् । यी प्यादाहरुको अनुहार अगष्टसको भन्दा पनि कयौं गुणा कुरुप देखिइरहेको छ । यिनको अनुहार हेर्न कतै जानु पर्दैन । बिहान सातबजेदेखि बेलुका नौ बजेसम्म नेपाली न्यूज च्यानलहरु फर्काइ फर्काइ हेर्दा हुन्छ .====

===================

बाँस्कोटा धनञ्जय

यसपालिको दशैं बिदामा केही साहित्य सिर्जनाहरु पढ्ने मौका मिलेको थियो । यसपटक अलिक फरक पढियो । राष्ट्रियताको कुरा सुनेर हाम्रा कान थोत्रा भइरहेको बेलामा आजभन्दा करिव ९५ वर्ष अघि अर्थात् सन् १९१६ मा बेलायतका प्रख्यात नाटककार जर्ज बर्नाड शा ले लेखेको नाटक ‘अगष्टस डज हिज बिट’ (अगष्टस आफ्नो अभिनय गर्छन्) पढ्ने मौका मिल्यो । यो नाटक अरु जस्तो लामो त छैन, तर यसले बोकेको भाव अत्यन्तै गहिरो छ ।

उसबेला बेलायत र जर्मनीको बिचमा युद्ध चलिरहेको थियो । बेलायती शासकहरु, सैन्य अधिकारीहरु राष्ट्रजादको खरो ग्ल्यामरमा थिए । मानौं उनीहरुको लागि यो युद्ध जित्नुभन्दा ठूलो काम यो धर्तीमा अरु कुनै छैन । यस्तो बेला अगष्टस र उसको सेक्रेटरी बिमिसको युद्धका बारेमा तर्कना चल्न थाल्छ । अगष्टस भन्छ कि यसबेला युद्ध बहुतै गम्भीर विषय हो । ऊ युद्ध जित्नुलाई बेलायतको अहोभाग्य ठान्छ । कैयन कडा अनुशासन र नियमहरु पलना गर्नुपर्छ भन्छ । मितव्ययीताको कुरा गर्छ । युद्धको बेलामा कसैलाई पनि खेलाँची गर्न छुट हुँदैन भन्न पनि भ्याउँछ । ऊ यस्तो अधिकारीको रुपमा प्रकट हुन्छ जो त्यस संगीन घडीमा सबैले आप्mनो आप्mनो ठाउँबाट देशको लागि योगदान दिनुपर्छ भन्ने भावनाको रक्षा हुन पुग्छ । यो युद्ध अर्थपूणर् हुन गएको छ । उसका तीन जना जर्मन सालाहरु छन् । अगष्टसले यो पनि थाहा पाउँछ कि एउटी जासुुुस महिला उसको हातबाट महत्वपूणर् कागजात फुत्काउन लागि परेकी छे, जसले बेलायतको सैन्य रणनीति थाहा हुन्छ ।

यसैबीच एउटी सुन्दर महिला अगष्टसलाई भेट्न आउँछे र उसलाई अनेक अतिशयोक्ति गरेर आफ्नो वशमा पार्छे । अगष्टसको सैन्य फुर्ती यहाँ आएर स्खलित हुन्छ । उसले अगष्टसलाई अति नै ठूलो, भलाद्मी, महत्वपूणर् व्यक्ति भनेर मख्ख पार्छे । उसले यतिसम्म भन्छे कि तिम्रो भाई ब्लुलो तिमीलाई निकै उपहास गर्छ र मूर्ख ठान्छ । तिमीलाई सजिलै ठग्न सकिन्छ भन्छ । यसको लागि ऊ यो प्रमाणित गर्नेछ कि अगष्टस भाइले भनेजस्तो हुतिहारा र बेकामे होइन । यसका लागि एउटा खेल खेल्नु पर्छ । त्यसमा यदि त्यो महत्वपूणर् कागज, जसमा बेलायती सेनाको कार्य विभाजन छ, उसले हातपारि भने अगष्टसको हार हुने छ । पारिन भने जीत हुने छ र अगष्टस सबैभन्दा नालायक अधिकारी बन्ने छ । अगष्टस यो खेल खेल्न राजी हुन्छ ।

उता अगष्टस र उसको सचिवका बीचमा युद्धका बारेमा धेरै नै विपरीत धारणा हुन्छन् । सचिव युद्धको पक्षमा हुँदैन र उसलाई अगष्टसले धेरै पटक धम्क्याएको र एक पटक घोत्र्mयाएर बाहिर निकालेको हुन्छ । सचिव यसै पनि अगष्टसको विपक्षमा थियो । यसैबीच अगष्टसले त्यो महत्वपूणर् कागज होटलमा कफी खाँदा छोडेको हुन्छ र त्यो सचिवले भेटाएको हुन्छ । त्यो महिलाले सचिवबाट झुक्याएर खाली कागज उसलाई दिएर त्यो महत्वपूणर् कागज हाता पार्छे र बाहिर निस्किन्छे र युद्ध कार्यालयमा फोन गर्छे । अगष्टसको भाइलाई पनि ‘मैले तिम्रो दाजुलाई मूर्ख बनाएँ त’ भनेर बताउँछे । यतिबेला मात्रै अगष्टसले यो महिला जासूस रहिछे भनेर थाहा पाउँछ । तर समय ढिला भइसकेको हुन्छ ।

उक्त नाटकले राष्ट्रियता र देशभक्तिको पाखण्डलाई धज्जी उडाएको छ । तत्कालिन बेलायती उच्च अधिकारीहरुको दोहोरो प्र्रबृत्तिलाई उजागर गरेको छ यस नाटकले । जनताले अति भरोसा गरेर विश्वास गरेका मानिस विश्वमित्रको पतनको आयाममा रुपान्तरित भयो । अप्सरा मेनकाले उनको तपस्या भङ्ग गरिदिएर उनको कद छोटिएको कथा हो मेनका – विश्वमित्रको । यस्तै भयो अगष्टसलाई पनि । युद्धका नियमहरु र यसको कडाइकासाथ पालना गर्ने गराउने प्रतिबद्धता सँधैभरी जाहेर गरिरहने एउटा अधिकारीको त्यो देशभक्ति भावना एउटा देखावटी दाँत मात्रै हो भन्ने पनि प्रमाणित हुन पुग्यो ।

कसलाई विश्वास गर्ने मुलुकले ? बेलायतको उसबेलाको नैतिक सङ्कटलाई शा ले यस नाटकमा उतारे । निणर्ायक पदमा बस्नेहरुको अवचेतन मनले, कुण्ठित मनले र स्वार्थी भावनाले देशको सङ्कटमोचन हुन नसक्ने कुरा शा ले गरेका थिए उसबेला । देशको अप्ठ्यारोमा त्यहाँका उपल्लो दर्जाका मानिसहरुको कार्यसम्पादन, सोच र व्यवहारहरुको लेखाजोखा जनताले गरिरहेका हुन्छन् । उनीहरु संवेदनशील अवस्थामा बाँचिरहेका हुन्छन् र तिनका हरेक कृयाकलापहरु व्यक्तिगत नभएर राज्यका कृयाकलाप बन्न पुग्छन् ।

कसलाई विश्वास गर्ने देशले ? जहानीयाँ राणा शासन फालेर प्रजातन्त्र ल्याउने प्यादाको भूमिकामा रहेका नेपाली राजनेताहरु आपसमा झगडा गरेर एकले अर्कोलाई सिध्याउने खेल सुरु भयो र अन्ततः भारतीय हस्तक्षेप बढ्न पुग्यो । म अहिले हाम्रो इतिहासका अनेकौं पात्रहरुको अनुहारलाई अगष्टसको अजुहारमा पढिरहेको छु । यी सबै अगष्टसहरु हुन् । यिनमाथि हामीले एक शताब्दी भरोसा गर्‍यौं । तर यी जहिल्यै पनि उनै अगष्टसको आयाममा विराजमान भएरै छोडे । यिनले आफ्नो स्वार्थ भन्दा माथि कहिल्यै हेरेनन् । देश यिनको पेवा सम्पत्ति बनेको छ । हिजो यो देश बनाउँदा यिनको के योगदान थियो ? यिनका पुर्खाको ? जे गरे नि हुने भएको छ । जसरी अगष्टसले आप्mना साला र भाईको खातिर देशको सुरक्षा गोपनीयता भङ्ग गरिरह्यो । अनि त्यही सुरक्षाको साँचो एउटी केटीको जालमा फसेर जिम्मा लगायो, त्यसरी नै यिनले पनि सबै आफ्नैका खातिर यी सब काम गरिरहेका छन् ।

म यसबेला आफ्नै दाजुले भाइलाई, भाइले दाजुलाई पार्टीबाट निकाला निकाल, कार्वाही गरागर गर्ने स्वार्थको सगरमाथामा उक्लिरहेकाहरुलाई अगष्टसको अनुहारमा पढिरहेको छु । अनि आफ्नै मुलुकका विरुद्ध बन्दुक पड्काउनेहरुलाई अगष्टसको मुहारमा पढिरहेको छु । आफ्नै दलको बहुमत हुँदाहुँदै देशलाई अस्थिरतातर्पm धकेल्नेहरुको अनुहार अगष्टसको अनुहारमा रुपान्तरित भइरहेको देखिरहेको छु । अर्काको भूमिमा अर्काले लेखिदिएको कागजमा अर्कालाई साक्षी राखेर देशमा ‘महान परिवर्तन ल्यायौं’ भन्ने पाखण्डीहरुको अनुहार अगष्टसको अनुहारमा बिम्बित भएको देखिरहेको छु । जातको नाममा, धर्मको नाममा, लिङ्गको नाममा, क्षेत्रियताको नामना, संस्कृतिको नाममा देशलाई खण्डित गरेर राष्ट्रिय एकता कमजोर पार्ने तर यसलाई ‘विज्ञान’ भन्नेहरुको अनुहारमा म अगष्टस देखिरहेको छु ।

राजसंस्थालाई बद्नाम गराउन निर्दललाई जिताउने कामदेखि छिन्ताङ्ग घटना जस्ता कलङ्कहरु मच्चाउने तत्कालिन एजेन्टहरुको अनुहार पढ्दै छु । तत्कालिन सरकारले चीनबाट हतियार किन्दा भारतीय नेताको उपस्थितिमा ‘हामीलाई मार्न किनेको ?’ भन्दै यही विषयलाई उठाएर २०४६ को आन्दोलन गराई फेरि त्यही प्रजातन्त्र मास्न अर्कोलाई बन्दुक बोकाएर पठाइएका प्यादाहरुको अनुहार अगष्टसको भन्दा कसरी भिन्नै होला र ?

आज ती प्यादाहरु के गरिरहेका छन् ? बेमौषमी पहिरो र बाढीले धनजनको तहसनहस भएको बेलामा कोही उपचार गर्न विदेश उड्दैछन्, कोही तुइनमा पिङ्ग खेल्दैछन् धुलिखेलतिर । अस्ति कहिले त उनैले होला, आत्महत्या गरम् गरम् लाग्या छ भन्थे । तुइनबाट खस्लान भनेर सास नै रोकियो एकछिन त । कोही जातीयता र पूणर् समानुपातिकको कुरा गरेर बुद्धिबिलाशीतामा रमाइरहेका छन् । कोही श्रीमती, बुहारी, सम्धी, छोरी, छोरालाई पद बाँडेर देशको साधन र श्रोतलाई लुट्न मस्त छन् । यी प्यादाहरुको अनुहार अगष्टसको भन्दा पनि कयौं गुणा कुरुप देखिइरहेको छ । यिनको अनुहार हेर्न कतै जानु पर्दैन । बिहान सातबजेदेखि बेलुका नौ बजेसम्म नेपाली न्यूज च्यानलहरु फर्काइ फर्काइ हेर्दा हुन्छ, दैनिक हजार पटक तिनको दर्शन मिल्ने छ ।

You may also like