कला/साहित्य/संस्कृति

इन्टर स्कुल प्रिन्स एण्ड प्रिन्सेस

दमक/ दमकमा कोशी प्रदेशस्तरीय इन्टर स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोर्डन आइकन प्रतियोगिता सम्पन्न भएको छ ।
किङ्स नेपाल क्रियशन् कम्पनीको आयोजनामा सम्पन्न प्रतियोगितामा छात्रतर्फ दमकको सरस्वती माविका अप्सन खनालले उपाधि जितेका छन् । त्यस्तै, पथरी शनिश्चरेको न्यू पेगोडा बोर्डिङ स्कुलका विष्णु कटुवाल र सोही स्कुलका दिप्सन पराजुली क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

त्यस्तै, छात्रातर्फ दमकको हिमालय माविकी मञ्जिला ढुंगानाले उपाधि हात पारिन । कमल गाउँपालिकाको ज्योति सेकेन्डरी स्कुलकी सिम्रन खड्का दोस्रो, उर्लाबारीको सप्तकोशी वोर्डिङकी काजल खरेल तेस्रो र दमक आदर्श वोर्डिङकी अनुखा अधिकारी चौथो बनिन् । अनुखाले मिस मल्टिमिडिया अवार्ड समेत प्राप्त गरिन् । मस्ट पपुलर अवार्डमा झापा मोडेल दमकका पायल तामाङ र उर्लाबारीकी विधाता लिम्बू र ट्यालेन्ट अवार्डमा सिद्धार्थ वोर्डिङ दमककी गृष्मा वस्नेतले उपाधि हात पारिन् ।
प्रतियोगितामा प्रथम हुनेले ताज, नगद ३० हजार, शिल्ड, मोवाइल सहितका उपहार प्राप्त गरेका छन् । उनीहरुका लागि १ वर्षको छात्रबृत्ती समेत उपलब्ध गराईने आयोजक संस्थाका निर्देशक कृष्ण शाहले जनाए । त्यस्तै, दोस्रो, तेस्रोका लागि क्रमशः २० हजार, १५ हजार नगद, ताज, शिल्ड तथा उपहार प्रदान गरिएको संस्थाका व्यवस्थापक विकल थामीले वताए । प्रतियोगितामा नेहा बजाजले कोरियोग्राफी गरेकी थिइन् ।
मिस ग्रेण्ड नेपाल काठमाडौंका राम केसी लक्की तथा कलाकर्मी डा. मनोज राउत, डा. एनएल राजवंशी, सलिना नेपाल, सुस्कृति नेपाली निणर्ायक रहेका थिए ।

Author

You may also like