दमक । दमक–८ स्थित पशुपति कीर्तन मण्डलीको नवौं साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष डोयना दाहालको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख आतिथ्यता दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले गरेका थिए ।
दमक –८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल, जनता आधारभुत विद्यालयका अध्यक्ष प्रेमचन्द्र भण्डारी, सोही विद्यालयका प्रधानाध्यापक केदार सुवेदी, पृथ्वी माविका सहायक प्रअ अमृतबहादुर श्रेष्ठलगायतको आतिथ्यता रहेको सो कार्यक्रममा संस्थाकी उपाध्यक्ष होमा खनालले स्वागत मन्तव्य राखेकी थिईन । सो कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा संयोजक लिलानाथ आचार्यले प्रस्तुत गरेका थिए ।
संस्थाकी सचिव सीता पाठक दुलालले सञ्चालन गरेको सो कार्यक्रममा नगरपिता रामकुमार थापा, वडाअध्यक्ष धर्मप्रसाद दाहाल, अतिथि प्रेमचन्द्र भण्डारी, अमृत बहादुर श्रेष्ठ र केदार सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा विभिन्न विधामा सम्मान समेत गरिएको छ । ज्येष्ठ अभिभावक सम्मानमा जयनारायण सुवेदी, भगिरथ पोखरेल, रामप्रसाद सिटोला र टंकबहादुर खड्कालाई सम्मान गरिएको छ भने सम्मानित हुने ज्येष्ठ सदस्यहरुमा हरिप्रसाद खतिवडा, कृष्णप्रसाद भण्डारी, केशव कार्की र कृष्ण कडरिया रहेका छन् ।
यसैगरी जेहेन्दार विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ । पशुपति कीर्तन मण्डलीको संरक्षकतवमा रहेको लोकनाथ÷केशकुमारी दाहाल सेवा कोषको रकमबाट प्राप्त व्याजबाट पृथ्वी मावि दमक–७ मा अध्ययनरत जेहेन्दार छात्रा लक्ष्मी राई (कक्षा १०) तथा दिक्षा परियार (कक्षा १०) लाई प्रशंसा पत्र सहित नगदले सम्मान गरिएको थियो ।
यसैगरी जनता आधारभुत विद्यालय दमक–८ का छात्र मोहित साह (कक्षा ४), छात्रा प्रतिज्ञा न्यौपाने (कक्षा ५), पुशपति मावि दमक–८ की छात्रा राधिका उपाध्याय (कक्षा ८), छात्र प्रज्ज्वल तामाङ (कक्षा ९) लाई प्रोत्साहत स्वरुप स्कुल ब्याग, अभ्यास पुस्तिका, डटपन वितरण गरिएको थियो ।

Author

You may also like