समाचार

सञ्चहाङ र कणर् वने शिविर सचिव

दमक/ झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरी शनिश्चरेमा रहेका भूटानी शरणार्थीहरुले आफ्ना प्रतिनिधि चयन गरेका छन् ।
शनिवार सम्पन्न निर्वाचनबाट शरणार्थी शिविर वस्ती व्यवस्थापन समिति बेलडाँगी सचिवमा सञ्चहाङ सुब्बा निर्वाचित भएका छन् । पूर्व सचिवका रुपमा रहेका सुब्बाले शनिवारको निर्वाचनमा टेकबहादुर राई र कविराज मगरलाई पराजित गर्दै आफु निर्वाचित भएका हुन् । उपसचिवमा आशा राई निर्वाचित बनिन् । निर्वाचनमा बेलडाँगीका लागि शिविर सचिव, उपसचिव, सेक्टर हेड, सव सेक्टर हेड सहितका ४२ जना प्रतिनिधि निर्वाचित भएका छन् ।


उता पथरी शनिश्चरे शिविरमा आइतबार सम्पन्न निर्वाचनमा कणर् राई करण निर्विरोध निर्वाचित वनेका छन् । उपसचिव पदमा सुनिता राई समेत निर्विरोध निर्वाचित भएको त्यहाँबाट दिल भूटानीले जानकारी गराएका छन् । त्यहाँ ३२ जना प्रतिनिधि चुनिएका छन् ।

स्वदेशफिर्ता हुने वातावरण नमिल्दा हुन तेस्रो देश पुनस्र्थापना कार्यक्रम अघि बढ्यो । दमक र पथरी शनिश्चरेमा गरी तेस्रो देश नगएका ९ हजारको संख्यामा भूटानी शरणार्थी रहेका छन् । दातृ निकायले सहायता वन्द गरेपछि सम्बन्धित पालिकाले मानवीय हिसावले उनीहरुलाई शिक्षा, स्वास्थ्य सहितमा सहयोग पुर्याउँदै आएका छन् ।

You may also like