देश–समाज समाचार स्थानीय

निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा अधिकारी निर्वाचित

दमक/ निर्माण व्यवसायीहरुको छाता संगठन निर्माण व्यवसायी संघ झापा जिल्ला समितिको नेतृत्वमा दमकका व्यवसायी तथा सामाजिक व्यक्तित्व रमेश अधिकारी निर्वाचित भएका छन् ।
संघको १६ औं अधिवेशन अन्तर्गत मंगलबार बिर्तामोडमा सम्पन्न निर्वाचनबाट मैनाचुली निर्माण सेवाका सञ्चालक दमक ५ निवासी अधिकारीले इन्जिनियर प्रकाशकुमार सिंहलाई २१ मत अन्तरले पराजित गरेका हुन् । अधिकारीले १६३ मत ल्याउँदा सिंहले १४२ मत ल्याएका थिए ।
अधिकारी दमक जेसीजका पूर्व अध्यक्ष तथा दमक उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य पनि हुन् । अधिकारीलाई दमक उद्योग वाणिज्य संघले निर्माण व्यवसायी संघको अध्यक्षका लागि साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्दै उम्मेदवार प्रचारप्रसार कार्यक्रम समेत गरेको थियो ।
त्यसैगरी, संघको सहकोषाध्यक्षमा शनिश्चरेका सुरेन्द्र धिमालले केर्खाका एंगल गुरुङलाई पराजित गरी निर्वाचित भए । संघको प्रथम उपाध्यक्षमा केदार गिरी, द्धितीय उपाध्यक्षमा राजकुमार राई, तृतीय उपाध्यक्षमा नयन बराल, महासचिवमा पुष्पराज निरौला, सचिवमा लोकेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा यज्ञनिधि भुर्तेल यसअघि निर्विरोध निर्वाचित भए ।

Author

You may also like