देश–समाज समाचार स्थानीय

सेवाग्राहीमाथि ठगी धन्दा चलाएका झण्डै तीन दर्जन लेखापढी व्यवसायी पक्राउ

विराटनगर । सरकारी कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने, काममा अवरोध पु¥याउने र महँगो शुल्क असुल्ने ३० जना लेखापढी व्यवसायी (बिचौलिया) लाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार मालपोत कार्यालय विराटनगरबाट २० जना र जिल्ला प्रशासन कार्यालय मोरङबाट १० जना गरी ३० जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता त्याग गर्न आएका एक सेवाग्राहीसँग एक बिचौलियाले १० हजार रुपैयाँ माग गर्दै त्यसमध्ये ५ हजार रुपैयाँ ’सिडिओ सावलाई बुझाउनुपर्छ’ भनेपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) युवराज कटेल आफैँ एक्सनमा उत्रिएका थिए । आफ्नै नाम जोडेर रकम मागेको गुनासो आएपछि सिडिओ कटेलले मंगलबार बिहानै सुरक्षा अधिकारीहरूलाई कडा निर्देशन दिँदै बिचौलियाहरूलाई नियन्त्रणमा लिन लगाएका थिए ।
एक जना सेवाग्राहि महिलाले तपाइको नाम जोडेर १० हजार फाटबाट मागेका छन् भनेर म्यासेज सिडियो सावको मोाइलमा आएको थियो जिल्ला प्रशासनका एक कर्मचारीले भने त्यसपछि सिडियासावले सबै कर्मचारीलाई बोलाएर एक्सन लिनु भयो । त्यसपछि ति महिलालाई बोलाएर बुझ्दा कर्मचारी बाट नभई बाहिर बसेर लेखापढी गर्नेले मागेका रहेछन् ।
ति कर्मचारीका अनुसार ति महिलाले पैसा माग्ने लेखापढी व्यवसायी भने नचिनेको बताएपछि उनी माथि समेत अनुसन्धानको तयारी थालिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार कार्यालय परिसरमा एउटा फोटोकपी गरेको समेत ५० सय रुपैयाँसम्म लिने गरेको पाइएको छ । ‘बिचौलिया विना कामै हुँदैन भन्ने भ्रम फैलाएर सेवाग्राहीबाट मोटो रकम असुल्ने गरेको सूचनाका आधारमा हामीले निगरानी बढाएका हौँ, कोइरालाले भने ।
एसपी कटवालले पक्राउ परेकाहरूमाथि विस्तृत छानबिन भइरहेको जानकारी दिए । उनले भने, ‘निर्दोषहरू छानबिनपछि छुट्नेछन्, तर सेवाग्राहीलाई सास्ती दिने र अवैध रूपमा रकम असुल्ने दोषीहरूलाई कानुन बमोजिम कडा कारबाही गरिनेछ ।’ पक्राउ पर्नेहरुको नाम भने प्रहरीले सार्वजनिक गर्न मानेको छैन् ।
मलपोत कार्यालयबाट भने कर्मचारीको कार्यकक्षबाटै लेखापढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । त्यसपछि भने लेखापढी व्यवसायीले केहि बेर कार्यालयमो मुख्य गेटमा ताला लगाएका थिए । सेवाग्राहीले विरोध गरेपछि उनीहरुले ताला भने खोलेका थिए ।

Author

You may also like