खेल देश–समाज समाचार स्थानीय

दमकमा पहिलो पटक राष्ट्रिय स्तरको नमूना ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन आज

दमक/ दमकमा आज पहिलो पटक राष्ट्रिय स्तरको नमूना ब्याडमिन्टन च्याम्पियनसीप सुरु हुँदैछ ।
्विहान ९ बजेदेखि सुरु हुने सो कार्यक्रम उद्घाटन अगाडि दमक नगरपालिकामा पञ्चेबाजासहित खेलाडीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । दमक नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा १०ः३० बजे सुरु हुने औपचारिक कार्यक्रममा विभिन्न छिमेकी स्थानीय पालिकाहरुबाट समेत प्रतिनिधित्व रहने नमूना ब्याडमिन्टन एकेडेमीका अध्यक्ष प्रकाश विराहाङ राईले बताए । यद्यपि विहानै देखि विभिन्न इभेन्टका प्रतियोगिता भने जारी रहने पनि राईले बताए ।
दमक नगरपालिका वडा नं. ७ स्थित नमूना ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा सबै इभेन्टका प्रतियोगिता आयोजना हुनेछ । १३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा सात वटा विधाका ४ सय बढी खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।
पूर्वकै गरिमा बोकेको दमक नमुना व्याडमिन्टन एकेडेमीले प्रथम पटक गर्न लागेको राष्ट्रिय स्तरिय दमक च्याम्पियनसिप प्रतियोगितामा विभिन्न विधाका देश तथा विदेशबाट समेत सहभागी हुने अध्यक्ष राईले बताए । खेलकुदको माध्यमबाट दमक नमुना एकेडेमीसँगै दमकलाई चिनाउनका लागि समेत यो प्रतियोगिताको आयोजना गरिएको उनको कथन छ । सो प्रतियोगितामा टाढाबाट आउने खेलाडीहरुका लागि खाने र बस्ने व्यवस्था समेत रहेको छ ।
सातै विधाका विजेता, उपविजेता र तेस्रो हुनेलाई पुरस्कार व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनमा दिएकोजानकारी अनुसार खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ७१ हजार, ५१ हजार र ४१ हजार राखिएको छ । यसैगरी खुल्ला १०० प्लस पुरुष भेटूान (४० वर्ष पुगेका) ब्याडमिन्टन प्रतियोगिताका लागि प्रथम, द्वितीय र तृतीयले क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार पुरस्कार पाउने छन । यसैगरी खुल्ला मिक्स डबल ब्याडमिन्टनरमा ४१ हजार ३१ हजार र २१ हजार, खुल्ला महिला डबल ब्याडमिन्टनर प्रतियोगितामा ४१ हजार ३१ हजार र २१ हजार प्राप्त गर्नछन । प्रदेश स्तरीय बि डिभिजन स्तरीय खुल्ला डबलमा ४१ हजार, ३१ हजार २१ हजार राखिएको छ भने प्रदेश स्तरय १३ वर्ष उमेर समूह पुरुष र महिलाका दुवै विधाका लागि १० हजार, ६ हजार र ६ हजार पुरस्कार राखिएको छ । राष्टिूय तथा अन्तर्राष्टिूय ब्याडमिन्टनको नियममा खेलाइने सो च्याम्पियनसीपका लागि विभिन्न मापदण्डहरु कायम गरिएका छन् ।

Author

You may also like