दमक/ साहित्य, कला र लेखनमा योगदान पुर्याउने प्रतिष्ठित ब्याक्तित्वहरु झापाको दमकमा सम्मानित भएका छन् । काशीनाथ उपाध्याय – हरिप्रिया कट्टेल बाङ्मय प्रतिष्ठानले आफ्नो १४औ वार्षिक उत्सवको अवसरमा शनिवार दमक २ स्थित डाकिनी समाज सुधार प्रतिष्ठानको सभाहलमा आयोजित समारोहविच साहित्यिक ब्याक्तित्वहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा बाङ्मय पुरस्कारतर्फ डा. तुलसीप्रसाद भट्टराई, दमक– १ र प्रा. कोमलप्रसाद पोखरेल सुरुङ्गा झापा रहेका छन् । यसैगरी हरिप्रिया कट्टेल प्रतिभा पुरस्कारबाट प्रतिभा पौडेल इलाम –६ जमुना, पुरस्कृत भएकी छन् भने कमलापति डम्बरकुमारी बाङ्मय पुरस्कारबाट श्री धनुषकोटी संस्कृत बेद विद्याश्रम कनकाईलाई पुरस्कृत गरिएको छ । सोही अनुसार मेधावी पुरस्कार पिण्डेश्वरी विद्यापिठ धरानका छात्रलाई वितरण गरिएको आयोजक समितिले जानकारी दिए ।
सोही कार्यक्रममा नारायणप्रसाद शर्माद्वारा लिखित एकादशी महिमा र प्रतिभा निकेतन दमकद्वारा प्रकाशित समसामयिक २० औं अंक प्रतिभाको लोकार्पण गरिएको छ ।
प्रा. नारायणप्रसाद शर्मा कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि दमक क्याम्पसका प्रा. यज्ञराज गिरीले पुरस्कृत ब्यक्तित्वहरुलाई दोसल्ला र सम्मान पत्र वितरण गरेका थिए । पुरस्कृत ब्याक्तित्वहरुको संक्षिप्त जीवनी प्रतिष्ठानका अध्यक्ष भूमिप्रसाद दाहाल र एलिसा गुरागाईँले बाचन गरेका थिए भने विमोचन भएका पुस्तकहरुको चर्चा वंशिधर कट्टेलले गरेका थिए ।
कार्यक्रममा दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई (प्रसाईँ), लगायत साहित्कार, कवि, तथा बौद्धिक ब्यात्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न साहित्यिक ब्याक्तित्वहरुले रचना बाचन गरेका थिए ।

Author

You may also like