कला/साहित्य/संस्कृति

दमककाे सांस्कृतिक कार्यक्रममा मनाेज गजुरेलले कमेडी गर्ने

दमक, दमकमा प्रदेश नम्बर १ स्तरीय अपाङ्गता पुनः स्थापना केन्द्र स्थापना गर्ने उद्देश्यले दमक सांस्कृतिक साँझ हुने भएको छ ।
२८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आगामी मंसिर १७ गते दमक अपाङ्ग सहयोग समितिको आयोजनामा चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थितिमा दमक साँस्कृतिक साँझ गर्न लागिएको मंगलबार आयोजित पत्रकार भेटघाटमा समितिका अध्यक्ष खगेन्द्रबहादुर भट्टराईले जानकारी दिए । दमकमा बनाउन लागिएको प्रदेशस्तरीय अपाङ्गता पुनः स्थापना केन्द्रको प्रचारात्मक कार्यक्रमको लागि कार्यक्रम गर्न लागिएको जनाईएको छ । सो दिन बिहान ११ बजे झापा जिल्लाभर रहेका अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको सहभागितामा र्याली सहित दमक नगर परिक्रमा गरी दमक–६ मा रहेको पञ्चायत रजत स्तम्भ परिषरमा कार्यक्रम गरिने समितिका सचिव मदन बोहोराले जानकारी दिए । कार्यक्रममा चर्चित कलाकारहरु मनोज गजुरेल, शम्भु राई, राजा राजेन्द्र, टंक बुढाथोकी, अशोक दर्जी लगायतको प्रस्तुति रहने लोकगायक अमृत खातीले जानकारी दिए । पत्रकार भेटघाटमा दमक नगरपालिका समाज कल्याण शाखाका डम्बर बराल, राष्ट्रिय अपांग महासंघकी उपाध्यक्ष रमा ढकाल लगायतले पुनस्र्थापना केन्द्रले पूर्वी क्षेत्रका अपांगता भएका व्यक्तिहरुलाई राहत पुग्ने बताएका थिए ।

Author

You may also like