दमक, १३ असोज –
दमकको पुरानो साहित्यिक संस्था प्रतिभा निकेतनको अध्यक्षमा कमलराज भट्टराई सर्वसहमत चयन भएका छन् ।
असोज ६ गते सम्पन्न साधारणसभाले सर्वसहमत निर्वाचित गरेको अध्यक्ष सहितका पदाधिकारीलाई शुक्रबार एक कार्यक्रमकाबीच कार्यभार हस्तान्तरण गरिएको छ ।
समितिको उपाध्यक्षमा प्रा. गंगाधर कट्टेल ( साहित्य) र रघुनाथ भण्डारी ( सामाजिक), सचिवमा प्रकाश भण्डारी, सहसचिवमा नारायण शर्मा फूँयाल, कोषाध्यक्षमा भवकृष्ण खतिवडा तथा सदस्यहरुमा भूमिप्रसाद दहाल, डा. व्यञ्जना शर्मा, धनञ्जय बास्कोटा, शकुन्तला सुब्बा र कृष्णकुमारी तिम्सिना चुनिएका छन् । संस्था ०४८ सालमा स्थापना भएर साहित्यिक गतिविधि गर्दै आएको छ ।

Author

You may also like