दमक नगरपालिकाले फोहोरमैला व्यवस्थापनका सन्दर्भमा कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न अनुरोध गर्दै आएको छ । नगरपालिकाले फोहोरको गाडी नआइकन घरबाट फोहोर बाहिर ननिकाल्न पनि बारम्बार भन्दै आएको छ तर पनि बाटोमा गगनचुम्बी घरहरुका तलाबाट सडकमा फोहोर फ्याकिरहेको देखिन्छ ।
यसले के देखाउँछ भने मानिसमा फोहोर व्यवस्थापनको सचेतना कमी भएको छ । उनीहरुमा त्यो चेतनाको अभाव भईदिँदा उनीहरु सडकमै जस्तो सुकै फोहोरको पोका फ्याँकिरहेका छन् । फेरी नगरपालिकाले फोहोर फ्याँकेमा कारवाही हुने गरी जरिवना समेत तोकेका छ तर पनि मानिसहरु अटेर भई फोहोर सडकमै फ्याक्ने गरेका छन् ।
निकै जटिल परिस्थितिबाट दमकले फोहोर मैला व्यवस्थापनको सन्दर्भमलाई प्राथमिकता दिए त्यसको प्रभावकारिता कमी नै देखिन्छ । कहिले सडकमा फोहोरको कुरा आउँछ, कहिले गाडीले नउठाएको कुरा आउँछ भने कहिले डम्पिङसाइड नजिकका स्थानीयबासीको विरोध कुराले नगरपालिका आजित बनेको छ । तर पनि फोहोरलाई मोहरमा परिणत गर्न नगरपालिकाको प्रयासलाई सकारात्मक रुपमा हेरिन आवश्यक छ ।
एउटा ठाउँ सफा गराउँदै गर्दा, एउटाको मानव अधिकारको संरक्षण गर्दै गर्दा अर्कोतिर त्यो रोग सार्ने काम किमार्थ उचित हुँदैन । फोहोरको व्यवस्थापनमा दीर्घकालिन समाधान खोजिनु जरुरी छ जसले कसैलाई असर नपुर्‍याओस् ।
फोहोर व्यवस्थापनलाई वैज्ञानिक ढंगले अघि बढाउन सके फोहोरमैला पनि ठूलो आम्दानीको स्रोत हुन सक्छ । सबै फोहोरमैलालाई सम्पूर्णरुपमा विसर्जन नै गर्नुपर्छ भन्ने सोच गलत हो । त्यसमा नगरपालिकाले भने झै कुहिने र नकुहिने प्रकृतिका फोहोरमैलालाई छुट्टयाएर सहयोग पुर्‍याउने जिम्मेवार पक्ष नागरिक नै हुन् र यसका विषयमा नागरिकको भूमिका नै महत्वपूर्ण हुने गर्दछ ।
बायोग्यास, प्रशोधन गरेर मलको रुपमा प्रयोग गर्न दिशामा फोहोरलाई सदुपयोग गरेको खण्डमा यसको धेरैहदसम्मको समस्या समाधानतिर जानेछ । कुहिने फोहोर मल बनाउन र वैकल्पिक ऊर्जा उत्पादनका लागि आकृष्ट गर्नेतर्फ पनि नयाँ ढंगबाट अगाडि बढ्न त्यसको प्रभावकारिता आवश्यक छ । पछिल्लो समयमा तीव्र गतिमा बढेको प्लास्टिकजन्य फोहोरका कारण वातावरण, इकोसिस्टम र जनजीवनलाई सयौँ वर्षसम्म हानी पुर्‍याउँछ । प्लास्टिकजन्य फोहोरले नाली र ढल थुनिएर विभिन्न सहर बर्षेनी जलमग्न हुँदै आएका छन् । गाईवस्तुले प्लास्टिक खाएर फुड चेनमार्फत् दूध र मासु हाम्रो जनजीवनसम्म पुग्दछ । कतिपय अवस्थामा जनावर मरेको सम्म सुनिन्छ । प्लास्टिक प्रदूषणबाट क्यान्सरको सम्भावना बढ्ने अध्ययनहरूले देखाइसकेका छन् । सहि तरीकाले फोहोरको ब्यवस्थापन गर्ने हो भने यो समस्या पनि केहीहद सम्म हल हुन सक्ने देखिन्छ ।
फोहोरको व्यवस्थापन नहुँदा सरुवा रोग निम्त्याउन सक्ने सम्भावना पनि उत्तिकै छ । किनभने सहर बढ्दै जाँदा नागरिकको चापसँगै यो समस्या बढ्दै जान्छ । अब फोहोरलाई स्रोतमा घटाउने विधिलाई प्रमुख मुद्दाका रूपमा अघि बढाउन सकिँदैन तबसम्म समस्या समाधानको दिगो समाधान भेटिने सम्भावना नहुँने हुँदा स्थानीय सरकार र नागरिकको साझेदारीबाट सचेततालाई महत्वका साथ अगाडि लान आवश्यक देखिन्छ ।

Author

You may also like