प्यान्क्रियाज नामको ग्रन्थिले गुलियो पदार्थ (ग्लुकोज) पचाँउने इन्सिुलिन उत्पादन गर्छ । इन्सुलिन आवश्यक मात्रामा उत्पादन गर्न नसक्दा रगतमा ग्लुकोजको मात्रा समान्य भन्दा उच्च रहने अवस्था हो मधुमेह । रगतमा लामो समयसम्म अनावश्यक ग्लुकोज रहिरहेमा अन्य अङ्गमा पनि असर देखिने भएकाले मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ । रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा राख्न सकियो भने कुनै ठूलो असर नदेखिने र आफु रोगी भन्ने अवस्था पनि रहदैन । खाली पेटमा ७० देखि ११० र खानपछि ७० देखि १४० एमजी डिएल सामान्य हो । यो लेबल भन्दा माथी रहिरहेमा मधेमेह मानिन्छ ।
प्रकृतिले हाम्रो शरीरलाई यसरी बनायो कि हरेक समस्याको सामाधान शरीरभित्रै छ । त्यसैले पनि होला बैज्ञानिकले सबै कुरा बनाए तर मानिस बनाउन सकेनन् । सयांै वर्षदेखिको अध्यायन र अनुसन्धानबाट पनि सबै रहस्यहरु पत्ता लगेको छैन । यही अन्योलबीचमा मधुमेहबारे धेरै अध्यायन र अनुसन्धान भएपनि ठूलो संख्यामा मधुमेहका कारण मानिसको मृत्यु हुने गरेको छ ।
पेटको देब्रेपट्टि आमाशयको मुनि टासिएर रहेको पातलो, कोमल तर लामो ग्रन्थिको नाम हो प्यन्क्रियाज । यो ग्रन्थिले इन्डोक्राइन र एक्जोक्रइनका रुपमा काम गर्छ । बिटा लेङ्गरहेन्स नामक विशेष प्रकारको कोषको समुहले इन्सिुलिन निकाल्ने गर्दछ । हामीले खाएको खानामा रहेको गुलियो पदार्थ(ग्लुकोज)लाई यसले पचाँउँछ । यदि विभिन्न कारणबाट इन्सुलीन उत्पादनमा कमी आएमा मधुमेहका लक्षण देखा पर्छन । यस्तै प्यान्क्रियाजले एक्जोक्रइनका रुपमा पाचनरस उत्पादन गर्छ र आमाशयमा पठाउँछ ।
मधुमेह मुख्य दुई प्रकारका हुन्छन । इन्सुलीन डिपेन्डेन्ट र नन् इन्सुलीन डिपेन्डेन्ट । जुभिनाइल डायबिटिज भने बच्चा जन्मिने वित्तिकै अथवा जन्मिदैदेखि देखापर्छ, जो इन्सुलीन डिपेन्डेन्टमै पर्छ । यो अवस्थामा प्यानक्रियाजले इन्सुलीन नबनाउँने हुँदा इन्सुलीन दिनुपर्छ । केटाकेटी अवस्थामै इन्सुलीन दिनुपर्ने देखिएमा इन्सुलिन डिपेन्डेन्ट डाइबिटिजमै पर्छ । क्रितिमरुपमा तयार पारिएको इन्सिुलिन आवश्यकतअनुसार सुइको माध्यमबाट छालामुनी लगाउनु पर्छ । यसले शरीरलाई चाहिने मात्रको गलुकोज कायम गर्छ । आवश्यकता अनुसार इन्सुलीनको मात्रा घटबढ गरेर पूर्णरुपमा स्वस्थ रहन सकिन्छ । प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलीनको मात्रा कमी भएको अवस्थामा औषधीको सेवनबाट रगतमा धेरै भएको ग्लुकोज पचाउन सघाउँने हो । दुबै अवस्थामा रगतको परिक्षण गर्दै त्यही अनुसारको परहेज र नियमित औषधीको सेवनबाट स्वस्थ रहन सकिन्छ ।
रगतमा ग्लुकोजको मात्रा सामान्य भन्दा धेरै र लामो समयसम्म रहीरहेमा विभिन्न लक्षणहरु देखापर्छन । यस्ता लक्षणहरुको बेलैमा रोकथाम, उपचार र पहरेजमा नबसे अरु रोग देखापर्न सक्छन् जस्तै आँखाको ज्योती कम भएर जाने, रक्तचाप बढेर जाने, मृगौलामा समस्या देखापर्ने, यौन इच्छा हराएर जाने, हातखट्टा झमझम गर्ने, निदाउँने, पैताला पोल्ने, शारीरिक कमजोरी बढेर जाने, मानसिक रुपमा स्मरण शक्ति कमजोर भएर जाने, निन्द्रा नलाग्ने, शरीरका विभिन्न अङ्गमा घाउ खटीरा आएर निको हुन कठिन हुनेजस्ता लक्षणहरु देखा पर्न थाल्छन् । यस्ता लक्षणहरुले ग्रसित भएमा मात्र मधुमेह रोगी भन्न सकिन्छ । यदि सामान्य अवस्थामा ग्लुकोज पचाउन खानापछि एक, दुई चक्की या खानाअघि÷पछि इन्सुलिनको सुई लगाउँदा र सामान्य परहेजमा वस्दा केहि समस्या देखिदैन भने आफूलाई पूर्णरुपमा स्वस्थ रहेको मान्नुपर्छ । सामान्य मानिसले गर्ने हरेक काम गर्न सक्ने सम्झिएर आप्mनो मनोबल उच्च राखेमा विस्तारै ठिक हुँदै जान्छ र खुसहाल जिन्दगी विताउन सकिन्छ ।
कारणहरु : हाम्रो शरीरमा पुर्खाको सुक्ष्म अंश (जिन) हुन्छ । पितापुर्खामा भएका केही नसर्ने रोगहरुको अंश पनि जिनमार्फत हामीमा आएको हुन्छ । समय, वातावरण, खानपान र तनावसँगै शरीर कमजोर हुँदैजादा वंशानुगत रोगले सताउँन थाल्छ । मोटोपन, फास्टफुड, अनावश्यक औषधीको सेवन, व्यायामको कमी, तनाव, जन्मेको केही दिनदेखि लगातार गाइको दुध सेवन, अन्य रोगको उपचारको क्रममा औषधीको कुप्रभाव, उच्च रक्तचाप जस्ता कारणबाट मधुमेह भएको पाइन्छ ।
लक्षणहरु : मधुमेह सानान्य र केही फरक लक्षणबाट थाहा पाउन सकिन्छ । धेरै पिसाव लाग्नु, धेरै तिर्खा लाग्नु, धेरै भोक लाग्नु, शरीर अचानक मोटाउनु या दुब्लो हुनु, कमजोर महसुस गर्नु जस्ता लक्षणहरु सामान्य चिनारी हुन् । सेकेन्डरी(फरक) लक्षणहरुमा हातखुट्टा झमझम गर्नु, पोइताला पोल्नु, सम्झने शक्तिमा कमी आउनु, यौन क्षमतामा कमी आउनु, योनीमा सुख्खापन, यौनाङ्ग चिलाउनु, निन्द्रामा कमी आउनु, उच्च रक्तचाप देखापर्नु, शरीरमा आएका घाउ खटिरा या चोट चाडै निको नहुनु पनि मधुमेह विरमीमा देखिन्छन् । ३० या ४० वर्ष नाघेका मोटो ज्यान भएका, मानसिक तनाव धेरै भएका अनि वशानुगत रोग हुनेले वढी सचेत रहने र कम्तीमा वर्षमा एक पटक परिक्षण गराउनु उचित हुन्छ । साना बालबालिका जो खन्चवा स्वभावका छन् या खानै नचाहने, धेरै मोटा या पतला छन् भने पनि एकपटक परिक्षण गराउँनु उचित हुन्छ ।
परिक्षण : मधुमेह लागेको छ या छैन भनेर पत्ता लगाउन धेरै ठूलो जाँच गराईरहनु पर्दैन । पिसाव वा रगतको सानो परिक्षणबाटै थाहा पाउन सकिन्छ । बिहानको खाली पेटमा र खाना खाएको दुई घण्टामा सानो रक्त परिक्षण हुन्छ । मधुमेह बढेका बेलामा त पिसावको सामान्य(रुटिन)जाँचबाट पनि थाहा पाउन सकिन्छ । शरीरका अन्य अङ्गमा असर छ की भनेर रगत र पिसावको जाँचबाटै थाहा पाउन सकिन्छ । ३ महिनासम्म रगतमा मधुमेहको अवस्था कस्तो छ भनेर एचबीए१सी जाँच गरिन्छ । यो जाँचले तपाईको शरीरमा ३ महिनाबीचमा मधुमेह कस्तो रह्यो भनेर देखाउँछ ।
उपचार : मधुमेह भएछ भनेर आत्तिनु डराउनु हुदैन । पहिलो पक्षिणमा ग्लुकोज वढेको देखिए पनि पुनः केहि दिनमा अर्को परिक्षण गराउनु पर्छ । धेरैजसो मानिसमा तनाव भएका बेलामा या अन्य औषधी सेवन गरेका बेलामा ग्लुकोज सामान्य बढेको हुनसक्छ । केहि दिनदेखि लगातार गुलियो पदार्थ या त्यस्तै भोजन अनि अल्कोहलको सेवन गरेकाले पनि सामान्य वढेको हुनसक्छ । त्यसैले रगतसँगै पिसावको पनि जाँच गराउनु पर्छ । यदि वढेकै देखिएको हो भने पनि केहि दिन परहेजमा बसेर व्ययाम गरेर पुनः जाँच गरेर हेर्दा पनि बढेको अवस्थामा देखियो भने चिकित्सकको सल्लाह बमोजिम औषधी सुरु गर्नुपर्छ र आप्mनो दैनिकीलाई हुनसक्ने परिवर्तन गर्नृुपर्छ । दैनिक आधा घण्टा छिटो छिटो पैदल हिँड्ने । खानाको आदतमा परिवर्तन गर्ने । आ, आजलाई खाने हो भनेर हेलचेक्राई नगर्ने । पेट पुरा अघाउनु अघावै खान बन्द गर्ने । गलियो पदार्थ खानै नहुने होइन् । रगतमा चिनीको मात्रा कति छ या मधुमेह नियन्त्रणमा छ छैन सोही अनुसार मात्र मिलाएर मिठाईलगायत सबै खानेकुरा खान सकिन्छ । दिनमा एक प्रकारको फलफुल सेवन गर्न सकिन्छ । मन असान्त रहँदा, निद्रा नलाग्दा शारीरिक व्यायाम नहुँदा रगतमा ग्लुकोजको मात्रा वढन सक्छ । त्यसैले आप्mनो चिन्ता घटाउँन अरुको दुःख पिडा सम्झिने र सक्दो सहयोग गर्ने । हामी केही दिनका निमित्त मात्र हौ । खाली हात आएका थियौ र खाली हात जान्छौ । यो विश्वासले तनाव कम गर्छ र रगतमा गलुकोजको मात्रा पनि घटेर जान्छ । साकाहारी भोजन र घरमै पकाइने खानेकुरामा रमाउन सिकौं । परिवारका सदस्यसँग बसेर आनन्दले थोरै भोजन र धेरै सलाद खाने । सम्भव भएसम्म सिस्नु, कोदो, गहु, फापर, स्याउ जस्ता खाध्य पदार्थको सेवन गरौं । स्याउको नियमित सेवनले प्यान्क्रियाजले सक्रिय भएर काम गर्न थाल्छ । जसले मधुमेहको असर कम गर्छ । रगतमा ग्लुकोजको मात्रा घडवढ भइरहन्छ भने आफु कतै बाहिर निस्किदा गोजीमा चकलेट राख्ने गर्नुपर्छ । कहिलेकाही समयमा खान भएन भने ग्लुकोज घटेर चिसो पसिना आएमा, रिगंटा लागेमा या अत्यन्तै कमजोरी महशुस भएमा चकलेट या गुलियो पदार्थको सेवन गर्नुपर्छ ।
सिजिजियम जेम्बोलेनम : रगतमा वढेको ग्mलुकोज घटाउँन उपयोगी औषधि हो सिजिजियम । धेरै तिर्खा लाग्ने, मुख सुक्ने, धेरै पिसाव लाग्ने, कमजोरी महशुस हुँने, खटिरा आउँनेजस्ता लक्षण देखिएमा यसको मदर टिन्चर १० ÷१० थोपाका दरले दिनमा ४ पटकसम्म सेवन गरेमा फइदा गर्छ । यो औषधिसँगै शरीरको प्रकृति मिल्ने औषधि चिकित्सकबाट सेवन गरेमा ग्लुकोज नियन्त्रणमा रहन्छ या कुनै कारणले मधुमेह देखिएको भए ठिक हुन्छ ।
इन्सुलिनम ः मधुमेह उपचारमा उपयोगी इन्सुलिनम नोसोड हो । लिभरमा देखिएको समस्याका कारण पाचन समस्या, मधुमेह देखिएमा, दुब्लाउँदै, सुक्तै गएमा, छालामा अनेक घाउखटिरा आएमा इन्सुलिनम ३एक्स केहि हप्ता सेवन गरेमा प्यानक्रियाज सक्रिय हुँदै लिभरमा पनि सुधार आउँछ ।
युरेनियम नाइट्रिकम ः कमजोरी र दुब्लाउँदै जानु, दुखी रहनु, यौन कमजोरी देखिनु, रगतमा ग्लुकोजको मात्र वढेर जानु र पेटमा पानी(एसाइटिस)जम्मा भएमा उपयोगी औषधि हो युरेनियम नाइट्रिकम । यसको पनि ३एक्स या ६ एक्स केहि हप्ता लगातार सेवन गर्नुपर्छ ।
एसिड फास : अत्यधिक मात्रामा शरीरबाट कुनैपनि स्राव भएका कारण धेरै कमजोरी देखिएमा उपयोगी एसिड फास मधुमेहका विरामीमा पनि उपयोगी हुन्छ । धेरै पिसाव हुँने, धेरै कमजोरी देखिने, यौनशक्ति हराएर जाने, मानसिकरुपमा पनि कमजोर र स्मरण शक्ति हराउँदै गएमा एसिड फास मदर टिन्चर या ३० पोटेन्सिमा केहिदिन सेवन गर्न सकिन्छ ।
अर्जेन्टम नाइट्रिकम : हमेशा चिन्तित देखिने, भिडभाड र अग्लो स्थानम डराउँने, जहाँ पनि हतार गर्ने, पेटमा ग्यास धेरै बनिने र डकार आइरहने, गुलियो प्रसस्तै त्यसमा पनि चिनी धेरै रुचाउँने प्रकृतिका मानिसमा यदि मधुमेह देखिएमा अर्जेन्टम नाइट्रिकमको ३० या २०० पावरमा केहि डोज सेवन गरेर हेर्न सकिन्छ ।
सल्फर : कुनै पनि रोगको उपचार गर्ने क्रममा यदि पटक पटक बल्जिरहने होस् या रोग निको हुँन नमानेमा सल्फर निम्न लक्षणका आधारमा दिन सकिन्छ । हेर्दापनि फोहोरीजस्तो देखिने, सरसफाइमा ज्याद ध्यान नदिने, कुप्रो परेर हिँड्ने या टाउँको अगाडी झुकेको देखिने, धेरै बोल्ने, बोलीमा एकरुपता नदेखिने, गुलियो खानेकुरा धेरै मन पराउँने, दुब्लो पातलो शरीर भएका विरामीलाई २ डोज सल्फर ३० या २०० पावरमा दिएर रिजल्ट पर्खिनु पर्छ । लेखक रीता होमियो क्लिनिक सेन्टर दममका चिकित्सक हुन ।