जे हेर्यो, देख्यो, बिचरण गर्यो, यी सबै हु–बहु उतार्ने भनेका बालबालिकाहरुनै हुन । उनीहरूको मस्तिष्क यस्तो हुन्छ कि कसैको अनुकरण गरेर सजिलै बोल्न सक्ने हुन्छन । कसैले राम्रो कुरा भनेको सुनोस कि नराम्रो कुरा सुनोस उनीहरूको दिमागले तुरुन्तै बुझिहाल्छ । मानौ कि माटोको आकार र प्रकार बनाउनेहरुले जस्तो आकारको चित्र बनाउछ त्यस्तै चित्रको आकारप्रकार बनाउने ल्याकत छिटोभन्दा छिटो उनीहरूकै हुन्छ । हरेक बिषयमा निपुणता हेर्नुस सबैभन्दा अधि बालबालिकानै पर्दछन । यसकारणले पनि हामीले उनीहरूको बिचमा बसेर नराम्रो कुरा गर्नुहुन्न । तर हामी जानीजानी सबैभन्दा ठूलो गल्ती गर्छौ, त्यो के हो भने उनीहरूलाई भरपेट दिएर आफ्नो मोबाइल जिम्मा लगाउछौ । छोराछोरीले के, कसो गर्दैछ, चियोचर्चा रेखदेखसम्म गर्दैनौ । बिधालय गएर अध्ययन गरेर आउदा होमवर्क, कक्षा कार्य गर्या छ या छैन त्यो समेत हेर्दैनौ । उनीहरू आफ्ना बुबाआमासङ्ग नजिक पर्दैनन, सबै कुरा खुलाउदैनन, खुलाउनै पर्यो भनेपनि जो सङ्ग आफूसङ्गको सामिप्यता छ । उसैलाई मात्रै सबै कुरा खुलाएर प्रकट गर्छन । दैनिकी रुपमा अभिभावकले हेरचाह, रेखदेख नगरिदिएका कारण धेरैजसो बालबालिकाहरुको पठन र लेखन संस्कृतिको बिकास शून्यमा झरेको तथ्यांक हामी सामुदायिक बिधालयमा देख्न सक्छौ । प्रायःजसो सहरी र ग्रामीण क्षेत्रमा अवस्थित धेरैजसो बिधालयहरुमा धेरैजसोका अभिभावक कुल्ली, कवाडी, दैनिकी ज्यालादारी, बनिबुतो गरि जीवन गुजार्नेहरुका अभिभावक घरमा बसेर रेखदेख नगरी बसिदिएका कारणले गर्दा हुलका हुल बिद्यार्थीहरुको नतिजा खस्किएको छ । कतिका त सरकारी कार्यलयमा जागिरे जीवन बिताएकाहरुले होस्टेलमा पढाएर त्यसै छोडिदिएका र बेवास्ता गरेका कारण बालबालिकाको अध्ययनमा गतिरोध उत्पन्न भएको छ । हामीले बाल मनोबिज्ञान बुझ्न सकेनौ, बुझेपनि बेवास्ता गर्यौ । घरमा बालबालिका पढ्दैछन या छैनन् त्यो समेत बुझेनौ । बुबाआमाको पर्याप्त दयाभाव प्राप्त नगरेकै कारण कति बालबालिकाले आफ्ना अभिभावकबाट न्यानो माया पाउन सकेनन । त्यस्ता बालबालिका प्रायःजसो कुलतमा फसेका छन । फसेका के कारणले गर्दा हो ? त्यो मनोबिज्ञान हामी शिक्षकले बुझेर अभिभावकलाई सल्लाह र सुझाव दिन चुक्नुहुन्न थियो तर चुक्यौ, हामी । कति बालबालिकाको त यो सम्म समस्या छ कि घरमा बुवाआमाको उचित माया नपाएका कारणले पनि उनीहरू खुसी हुन सकेनन । आज यसैको परिणाम स्वरुप हाम्रा बालबालिकाहरु सिमा बाहिर छन । पढाईप्रति चासो नराख्ने घण्टौघण्टा सम्म मोबाइलमा झुल्ने, च्याट गर्ने, मुहारपुस्तिकाको नयाँ आइडी बनाएर अर्को ब्यक्तिलाई फ्रेण्ड रिक्वेष्ट पठाउने, पब्जी, फ्री फायर, टिकटकमा अधिकाङश समय खर्चेका छन । बालबालिकालाई बिधालय पठाउने र धाउने अनुकुलता छैन । पढाईको लागि अनलाइन कक्षाको ब्यबस्था समेत हुँदा त्यसप्रति उनीहरूको चासो बढेको देखिएन, उतिबेला । तर के बालबालिकाले यी संसाधन पठनपाठन वा उपयोगी कामको लागि मात्र प्रयोग गरिरहेका छन त ? यो सम्म बुझेर शिक्षण गर्ने शिक्षकहरु नहुदा उनीहरू पठनपाठनमा ध्यान केन्द्रित हुन सकेका छैनन । यो प्रश्न किनपनि उठाउन जरुरी छ भने अहिले धेरै बालबालिकाले मोबाइल, ल्यापटप “बाँदरलाई भर्याङ्ग” भएको छ । यसबाट उनीहरू पठनपाठन गर्नभन्दा पनि गेम खेल्न, टिकटक बनाउने र सामाजिक संजालमा रमाउन थालेका छन । यसले बालबालिकाको दैनिकीनै प्रभावित बनाएको छ । यो त भयो एउटा पाटो, अर्को पाटो सामाजिक संजालमा उनीहरू जति सक्रिय हुँदैछन, उतिनै असुरक्षित पनि । कलिला उमेरका यी बालबच्चाहरुलाइ सामाजिक संजालको उपयोगितानै हेक्का हुन्न । यसलाई किन प्रयोग गर्ने, कसरी गर्ने, कस्ता सावधानी अपनाउने जस्ता कुरामा उनीहरू बेखबर छन । आमा बुबाको सिको गर्दै जथाभावी सामाजिक संजालमा भएभरको फोटो, भिडियो राख्छन, अपरिचित साथीहरूसङ्ग जोडिन्छन, सबैसङ्ग विश्वास गरेर आफ्नो निजी कुरा साझेदारी गर्छन् । यसले उनीहरूको ब्यक्तिगत खतरा बढेर जान्छ । भोलि भोलि कसैले यही माध्यमबाट उनीहरूलाई फन्दामा पार्न सक्छन । उनीहरूको फोटो/भिडियो च्याटको दुरुपयोग गरेर अनेक मोलमोलाई गर्न सक्छन । किनभने बालबालिकाले सामाजिक संजाललाई सही ढंगले प्रयोग गर्न जान्दैनन, सक्दैनन । त्यसैले यसमा आमाबुवाले निगरानी एवम हस्तक्षेप गर्नु जरुरी छ । उनीहरूको मनोबिज्ञान नबुझेकै कारणले गर्दा आज ससाना बालबालिकाहरु मोबाइलमै ब्यस्त हुन थालेका छन । आमाबुबालाई झुक्याएर बिषयगत रुपमा सिक्न छ, सार्नु छ भनेर मोबाइल आफ्नो हातमा पारेपछि त्यसको काम अन्यत्रै प्रयोग गर्ने गरेका छन् । यतिमात्रै होइन फेसबुक आइडी नयाँ खोल्दा फोटो नचिनिने राख्ने कुनै जनावरको या कार्टुन राख्ने अनि अध्ययन चाहिँ कोही बिधालयमा ८ मा पढदै गरेको तर छलेर कुनै क्याम्पसको ठेगाना दिएर आइडी बनाउनेहरु हिजोआज बग्रेल्ती बढदै गएका छन । उनीहरूलाई पढाईप्रति जनचासो छैन जतिखेरपनि मोबाइलमै ब्यस्त हुनेगरेका छन । यो क्रम यति बढदो छ कि तपाईं हामीले फनपार्क, राम्रा राम्रा क्यासिनो, कफी हाउसमा अहिले बालबालिकाहरुले प्रयोग गर्दै गरेको राम्रारामा महङ्गो मोबाइल प्रयोग गर्दैगरेको देख्न सकिन्छ । आखिर उनीहरूलाई त्यत्रो मोबाइल खरिद गरेर दिने को हो त ? त्यो हामीनै हौं, अरु कसैलाई दोष नदिएपनि हुन्छ कि उनीहरूलाई मोबाइल संस्कृतिको बिकास गराइदिने हामी हौ । हाम्रै कारणले गर्दा आज उनीहरूलाई पढ्नतिर ध्यानै छैन, जतिखेरपनि मोबाइलमै एकोहोरो झुण्डिएको देख्न पाइन्छ । बिधालयमा अनुसाशनको कुरा नैतिक शिक्षा पढाइन्छ शिक्षकद्वारा तर तिनै विद्यार्थीहरुले शिक्षक÷शिक्षिकाहरुको मानमर्दन गर्दैनन । उनीहरूलाई अनुसाशनको कुरा घरका अभिभावकले समेत सिकाउदैनन । उनीहरूको कलिलो दिमागमा सकारात्मक चिन्तन राखिदिन सक्नुपर्छ, घरमा र पाठशालामा । यो गर्न तपाईं हामी सरोकारवाला निकायले ध्यान दिन सक्नुपर्यो । पाठशालाबाट सिकेको ज्ञान घरका परिवारले आफ्ना बालबच्चालाई सिकाउनु पर्छ । कलिला दिमागहरुलाई अन्त जाने मन कतै नडोहोर्याई सीप र पठन संस्कृतिको बिकासका लागि उत्प्रेरणा जगाउन सक्नुपर्छ । यसमा तपाईं हामी जागरुक बन्न पछि हटनु हुन्न । अनिमात्र बालबालिकामा सामाजिक सन्जालले पारेको असरलाई निदान गर्न सकिन्छ ।