देश–समाज सम्पादकीय स्थानीय

लैंगिक हिंसामा झापाको तथ्याङ्क बृद्धि

हरेक वर्ष सार्वजनिक गर्दै आएको छ । ति तथ्याङ्कलाई हेरेर सुरक्षा निकायबाट बनाइने रणनीतिले खासै काम नगरेको र खुल्ला सिमानाका कारण सुरक्षा चुनौति निकै बढेको निराशाजनक अवस्था तथ्याङ्कले देखाउँछ । झापा जिल्ला प्रहरी कार्यालयबाट यो वर्षपनि डरलाग्दो तथ्याङ्क सार्वजनिक गरेको छ । जुन तथ्याङकले झापाबाट हराउनेहरु धेरै हुने तर फेला पर्ने कम भएको देखिन्छ ।
‘हामी सबैको प्रतिबद्धताः लैङ्गीक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गीक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा झापामा बालयौन दुरुपयोगसहितका आपराधिक घटनाको डरलाग्दो चित्र प्रस्तुत गरिएको छ । झापाबाट अघिल्लो वर्ष ३१ वटा बालयौन दुरुपयोगका घटना भएकोमा यो वर्ष हालसम्म ९ जना पुगिकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्द बताउँछन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले झापामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकबिरुद्धका घटना रोक्न प्रहरीले सचेतनामूलक कार्यक्रमसँगै सुरक्षा व्यवस्थामा कडाई गरिएको जनाएका छन् ।
पछिल्लो समय सामान्य घर झगडा होस् यो कुनै पनि बहानामा घर छाडेर बेपत्ता हुने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गतआर्थिक वर्ष २०८०÷०८१मा तीन सय ६२ जना महिला हराएकामा दुई सय ८५ जना मात्रै फेला परेका थिए । ७७ जना महिला अझैसम्म पनि फेला पर्न नसकेको जनाइएको छ । त्यस्तै चालू आर्थिक बर्षको हालसम्म ९० जना महिला हराएको निवेदन दर्ता भएको र हालसम्म ४० जना महिला फेला परेको ५० जना महिला अझै हराईरहेको बताइएको छ ।
त्यस्तै आर्थिक वर्ष २०८०÷०८१मा एक सय ८७ पुरुष, ४४ जना बालक, एक सय ६७ जना बालिका ३६ जना ज्येष्ठ नागरिक महिला तथा पुरुष हराएको तथ्यांकमा उल्लेख गरिएको छ । सोही अवधिमा एक सय ३५ पुरुष, ४३ बालक, एक ५१ बलिका र २७ जना ज्येष्ठ नागरिक महिला तथा पुरुष फेला परेका छन् । हालसम्म ५२ जना पुरुष, एक बालक, १६ जना बालिका र नौ जना ज्येष्ठ नागरिक पुरुष फेला नपरेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । चालू आर्थिक वर्षको हालसम्ममा ५५ जना पुरुष, २१ बालक, ४६ जना बालिका र १६ जना ज्येष्ठ नागरिक महिला तथा पुरुष हराएका छन् । सोही अवधिमा २७ जना पुरुष, १० जना बालक, २८ जना बालिका र ८ जना ज्येष्ठ नागरिक महिला तथा पुरुष फेला परेको जनाइएको छ । २८ जना पुरुषसहित ११ जना बालक, १८ जना बालिका, ८ जना ज्येष्ठ नागरिक महिला तथा पुरुष अझै फेला नपरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । त्यसो त विश्वमै महिलाहरुको अवस्थाको सन्दर्भमा संयुक्त संघले पनि प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा गत वर्ष मात्र ६५ हजार महिलाहरुको हत्या भएको जनाएको छ ।
खास गरेर झापामा खुल्ला सिमानाका कारणले पनि यस्ता घटनाहरुमा बृद्धि भएको प्रहरीको भनाई छ । देशभरी भएका यस्ता आपराधिक घटना न्युनिकरण गर्दै खास गरेर लैङ्गीक हिंसाको अन्त्यका लागि सरकारले कडा कानुनसहित कठोर कदमको आवश्यकता सबैतिर महसुस गरिएको छ । विकासोन्मुख देशमा कानूनी प्रबन्धको कार्यान्वयन निर्ममतापूर्वक भइरहेको छैन । सामाजिक तथा आर्थिक पक्ष कमजोर छ, त्यही कमजोरीको फाइदा उठाउँदै बालिका तथा महिला हिंसाका घटना अत्याधिक बढिरहेका छन् । यद्यपि विश्वव्यापी रुपमै बाल यौन दुव्र्यवहारबिरुद्ध संस्थागत प्रयास भइरहेका छन्, तर पनि यो समस्या चुनौतीकै रुपमा रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । यि चुनौतिलाई पार गर्न सर्वपक्षीय चेतना अभिवृद्धि तथा सोही अनुसारका कार्यक्रम गर्न आवश्यक देखिन्छ ।

Author

You may also like