दमक । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका छन्। चलचित्र विकास बोर्डको आयोजनामा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ समारोहमा पुरस्कार वितरण गरिएको हो। कार्कीले ‘प्रसाद २’ र खड्काले ‘दिमाग खराब’ चलचित्रबाट पुरस्कार प्राप्त गरे। उत्कृष्ट निर्देशक चलचित्र ‘दिमाग खराब’को लागि निश्चल बस्नेत बने। कार्यक्रममा सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ले जित्यो।‘बुलाकी’ले उत्कृष्ट चलचित्रसहित लेखनमा राजबहादुर साने र छायांकनमा शिव ढकालले पुरस्कार प्राप्त गरे।
कसले कुन अवार्ड जिते ?
उत्कृष्ट चलचित्रः बुलाकी
उत्कृष्ट अभिनेताः विपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्रीः स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशकः निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादकः मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकारः शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखनः राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः लोजिमा
(लिम्बु भाषा) निर्णायक समिति प्रोत्साहन पुरस्कार
अभिनेत्रीः स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक चलचित्रः जारी विशेष योगदान सम्मान
तैय्यव शाह – कलाकार
कृष्ण प्रसाद रायमाझी – प्रदर्शक
नारायण प्रधान – द्वन्द्व निर्देशक
विद्या कार्की – कलाकार
नरेन्द्र महर्जन – प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/निर्माता
भोज बहादुर गुरुङ – निर्देशक÷निर्माता
अमूल कार्की ढली – सङ्गीत संयोजक
धुवकुमार श्रेष्ठ – प्रदर्शक
बुद्धि तामाङ – कलाकार
सबिता गुरुङ – कलाकार विशेष चलचित्र पुरस्कार