यो समय आकास हेरेर गुज्रिरहेको छ । सबै आकासतिर हेर्छन् । बुढापाका हेर्छन् । बयस्क हेर्छन् । अनुसन्धानकर्ता हेर्छन् । राजनीति गर्नेहरू हेर्छन् । नीति निर्माण गर्नेहरू हेर्छन् । सचेत नागरिक हेर्छन् ।
ती सिर्पm आकास हेर्छन् । अनि मुन्टो उँधो पार्छन् ।
कस्तो बिढम्बना ? आकास हेरेर पनि मुस्कुराउन नपाउने ? आकासको नीलो गहिराइमा जीन र जगतको गहिराइ नाप्न पनि नपाउने । आकासको गहिराइ महसुस गर्न पनि नपाइने । अनि बिहान सबेरैबाट साँझसम्म सिर्पm आकास हेर्नु पर्ने बाध्यता । तर त्यसको आयाम बुभ्mन पनि नपाइने बाध्यता ।
किन आयो यस्तो बाध्यता ?
आकास जोगाउन किन सकिएन ?
प्रकृति किन जोगाउन सकिएन ? बिकसित मुलुकहरूले त्यही आकास जोगाउन लगानी गर्छन् । त्यही हावा जोगाउन लगानी गर्छन् । त्यही माटो जोगाउन राजनीति गर्छन् । त्यसैका लागि लेख्छन्, त्यसैका लागि पढ्छन् । त्यसैका लागि नीति निर्माण बनाउँछन् । त्यसैका लागि दल खोल्छन् । त्यसैका लागि आन्दोलन गर्छन् । र जोगाउँछन् आकास र धर्ती ।
तर आज हामी दुवै जोगाउन असफल भएका छौं । दुवै संकटमा पारिरहेका छौं । अनि रोइरहेका छौं, असार सकियो तर पानी परेन । खेत बाँभैm रहे । बीउको नाश भयो । खर्चको नाश भयो । किनेको मल र बीउको पैसा कसरी तिर्ने ? यतिञ्जेल लगाएको खर्च कसरी उठाउने? बाली लगाउन नपाएपछि छोराछोरी केले पढाउने? पाहुनापात कसरी टार्ने ? खाने के ? लाउने के ? ओखती गर्ने केले ?
अब बिलौना सुरू हुन्छ । आपैmलाई धिक्कार्न सुरू हुन्छ । आपैmलाई गाली गर्न सुरू हुन्छ ? अनि छोराछोरीको मुख हेरेर मन धरधरी रून्छ ।
त यो अवस्था कसरी आयो ? आज अति मानिस कृषिमा आवद्ध छन्, त्यो भन्दा बढी मानिस आजभन्दा चालिस बर्ष अगाडि थिए । आज दिनानुदिन कृषि व्यावसाय अपहेलित कनि हुँदै गयो । घाटाको काम किन बन्न पुग्यो ? कामै नलाग्ने पेशा किन बन्न पुग्यो ? कसैको पनि रोजाइको पेश किन बन्न सकेन ?
यसका दुईवटा कारण छन् । एउटा, सांस्कृतिक तथा मनोवैज्ञानिक । अनि अर्को राजनैतिक ।
पढेलेखेको मानिसले खेतमा काम गर्नुहुँदैन भन्ने भाष्य यही समाजले बनायो । अनि ती सकिलामुकिलाको मनोवैज्ञानिक जालमा फसे । तिनले कृषिलाई अनपढहरूको पेश भन्ने अर्थ लगाइदिए । यो घातक शिक्षाको पाठ्यक्रम समाजले निर्माण गरिदियो । अनि कृषिको आत्मालाई आर्यघाटमा लगियो ।
दोस्रो कारण हो, राजनीतिक । तथ्यहरूको आधारमा बोल्दा कुनै लाज पनि मान्नु पर्दैन । २०४६ सालभन्दा अघि खुलेका सिँचाइ आयोजनाहरू आज पनि चलिरहेका छन् । चन्द्र नहर, सुनसरी मोरङ्गसिंचाइ आयोजना, महाकाली सिचाइ आयोजना, नारायणी सिचाय योजना, कन्काइ सिचाइ आयोजना आदि छन् । ती अहिले पनि काम गरिरहेका छन् । चालू छन् । २०४६ साल पछि बनेका सिचाइ आयोजनाहरूमा रानी जुमारा सिचाइ आयोजना, महाकाली सिचाइ आयोजना (दस्रो र तेस्रो तह), बबइ सिचाइ आयोजना, भैरहवा लुम्बिनी आयोजना आदि बनाइए । अनि केटाकेटीहरूलाई स्कूलमा घोकाइए ः ‘२०४६ साल अघि पञ्चायत कालमा बनेका सिचाइ आयोजनाहरूले ३ लाख हेक्टर जमिनमा सिँचाइ पुग्थ्यो भने २०४६ को परिवर्तन पछिका आयोजनाहरूले ७ लाख हेक्टर जमिनमा सिचाइ पुग्छ । पछिल्लो समयमा आएको राजनैतिक परिवर्तनले बिकासको फड्को मारेको छ ।’
अनि लोकसेवादेखि स्कुलका किताबमा यही घोकाइयो, यही सिकाइयो । तर आज २०४६ सालपछि बनेका सिँचाइ आयोजनाहरूमा रानी जमारा आयोजना र केही समुदायिक योजनाहरू बाहेक कुनै पनि चलेका छैनन् । आज पनि जति चलेका नहरहरू छन्, ती २०४६ साल पूर्वका आयोजनाहरू मात्र पूर्ण सञ्चालनमा छन् । अनि पञ्चायतकालमा ३ लाख हेक्टरमा सिँचाइ थियो, बहुदल आएपछि ७ लाख हेक्टरमा सिँचाइ पु¥याइयो भनेर जनताका छोराछोरीका आँखामा पट्टी बाँधियो । आज ७ लाख, होइन, एउटा बाहेक कुनै पनि आयोजना काममा आएनन् । ती आयोजनाहरू बन्दा कति खर्च भयो ? कति दलहरूलाई पाल्नु प¥यो ? कति नेतालाई लेभी तिर्नु प¥यो ? दलका कति भातृसंगठनहरूलाई अधिवेसनका नाममा चन्दा दिनु प¥यो ? अनि दलको भागबण्डमा कर्मचारी खटाएर ती आयोजनाहरूको आन्द्राभूँडी निकालियो र भुटन बनाइयो ?
अझ कृषिको कुरा गर्दा २०४६ पूर्व कूल ग्रायस्त उत्पादनमा कृषिको योगदान ४५(५० प्रतिशत थियो । अनि ८५ प्रतिशत मानिसलाई कृषिले रोजगारी दिएको थियो ।
तर आज कूल ग्रायस्त उत्पादनमा कृषिको भूमिका सिर्पm २० प्रतिशत छ । अनि जोजगारी पनि ४० (५० प्रतिशत मात्रै छ । यसले व्यापार घाटा डरलाग्दो गरी बढाएको छ । सन् २०२४ मा आयात २ टिूलियन रूपैयाँ छ भने निर्यात २२५ विलियन रूपैया मात्रै छ । यसमा घाटा मात्रै १.८ टिूलियन रूपैयाँ छ । यो व्यापार घाटा कुनै सरकारी दलहरूले आप्mना झोलेहरूलाई पढाउँदैन् । बरू यो तथ्यांक ठीक छैन भन्नतिर लाग्छन्, या यसको उल्टो व्याख्या सुरू गर्छन् ।
विश्वमा आएको पर्यायवरणको परिवर्तन, जलवायुको परिवर्तनले गर्दा एकातिर आकास हेरेर दिन बिताउनु परेको छ किसानले भने अर्कातिर कृषि क्षेत्र अपहेलित छ । अर्काको गोठको फोटो, अर्काको बालीको फोटो र भिडियो खिचेर पेश गर्दै राज्यबाट सुबिधा लिने दासहरू र सुबिधा दिलाएर आजीवन दास बनाउन माहिर भगवानहरू भएको यो देशमा परिवर्तन भनेको यस्तैलाई भनिन्छ । कल बाँडेर सिाचाई पु¥याएको गफ हााक्ने पटमूर्खहरूको शासन छ । खासमा बोरिङ्ग गाडेर पानी झिक्न नदिनु पर्ने । जमिनमुनिको पानी सकियो भने भोलिका लिनमा खाने पानी पनि हाहाकार हुन्छ । सिँचाइ गर्न त खोलाबाट पो पानी ल्याउनु पर्छ त ! अनि पो जमिनको रक्षा हुन्छ । पर्यायवरणको रक्षा हुन्छ । आकास हेरेर दिन बिताउने किसानहरूले पानी पाउँछन् । कृषि उत्पादन बढ्छ । मूल्यबृद्धि घट्छ । आयात घट्छ । अनि आकासमुनिको किसानहरूको मलिन अनुहारमा चमक आउने छ । मुस्कान आउने छ ।
कसले पढाउने यी मूर्खहरूलाई यो कुरा ? तर किसानको मुस्कान किन चाहियो यिनीहरूलाई ? मुस्कानले सरकार बनाउन र ढाल्न कुनै मद्दतै गर्दैन, अनि किन दुखाउनु टाउको ?