कला/साहित्य/संस्कृति

झापामा साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको स्थापना

झापामा साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको स्थापना गरिएको छ । साहित्यकार तथा गीतकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल , सचिवमा पवन शिवाकोटी, सहसचिवमा रेवता भट्टराई, कोषाध्यक्षमा सीता कुँवर, र सदस्यहरूमा लोकबहादुर सुवेदी र मुना प्रसाईं रहेका छन् । साहित्य कला संस्कृतिमा रुचि राख्ने व्यक्तिहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडको स्थापना गरिएको अध्यक्ष ढुङ्गेलले बताइन् ।
साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडले पहिलो कार्यक्रमको रूपमा दसैँ, तिहार , छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा कृति विमोचन कार्यक्रम गरेको छ । बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवाकोषको सभाहलमा आयोजित कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

You may also like