फिल्मी खबर मनोरञ्जन

‘चिसो मान्छे’ को प्रदर्शन मिति तय

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘चिसो मान्छे’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र वि.सं २०७८ को वैशाख ३० गते रिलिज गरिने निर्माणपक्षले बताएको छ ।
शर्मिला पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रमा नायिका स्वस्तिमा खड्का र नायक अर्पण थापा मुख्य भूमिकामा छन् । यो चलचित्रको छायांकन काठमाडौंदेखि जुम्लासम्म गरिएको छ । चलचित्रका लागि नायिका स्वस्तिमा खड्काले स्थानिय भाषासमेत सिकेकी थिइन् ।
चलचित्रले वैदेशिक रोजगारमा जाने श्रीमान् र एक श्रीमतीको कथा भनेको छ । चलचित्र ‘चिसो मान्छे’लाई उत्कृष्ट बनाउन आफूहरुले कुनै कसर बाँकी नराखेको दीपेन्द्रले बताए ।
यसअगाडि ‘पशुपतिप्रसाद र आमा’ जस्ता चलचित्र बनाएका दीपेन्द्रले दर्शकको आशालाई नमार्ने बताए ।

You may also like