देश–समाज

विदेशबाट झापा आएका ५६९ जना क्वारेन्टाइनमा – (पूर्वसन्देश दैनिक)

झापा १९ चैत्र। कोभिड–१९ को संक्रमण विश्वभर फैलिइरहेका बेला विभिन्न २२ मुलुकबाट ५६९ जना झापा घर आएको पहिचान गरिएको छ।
स्थानीय तह र टोल विकास संस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय झापाले लगत सङ्कलन गर्दा विदेशबाट आएकाको पहिचान भएको हो । कोरोना सङ्क्रमण फैलिएका मुलुकबाट उनीहरु झापा फर्किएका हुन्।
नेपाल प्रवेश गरेका ५६९ जनामध्ये ९८ जनालाई विगत १५ दिनभित्र मेचीनगर, अर्जुनधारा, भद्रपुर, विर्तामोड र दमक नगरपालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार विदेशबाट आएका ४६८ जना होम क्वारेन्टाइनमा बसेका हुन् । ती मध्ये ३ जनालाई मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका फोकल पर्सन कुलबहादुर पौडेलले बताए।
उनका अनुसार सबैभन्दा बढी भारतबाट ३११, दुवईबाट ११५ र कतारबाट ७८ झापा आएका छन्।
साउदी अरब र अस्टे«लियाबाट नौ–नौ जना, मलेसियाबाट सात, बहराईन र हङकङबाट पाँच–पाँच जना झापामा आएका छन्।
सङ्क्रमणको जोखिम मोल्दै फ्रान्स, इटाली, कोरिया, रोमानिया, बङ्गलादेश, जापान, अमेरिकालगायत २२ देशबाट नेपालीहरु झापामा आएका हुन्।

You may also like