समाचार

एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

चैत्र १९ गते । सुनसरीको ईनरुवा नगरपालिका-६ घोपालीमा एम्बुलेन्सले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको छ ।

आज बिहान ११ बजे पश्चिमबाट पुर्व जाँदै गरेको को १ च ९६०५ नम्बरको एम्बुलेन्सले बिपरीत दिशाबाट आऊँदै गरेको को १६ प २०६४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएकी चालक रत्ना श्रेष्ठको उपचारको क्रममा न्यूरो अस्पताल बिराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

एम्बुलेन्स र चालक ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

You may also like