
दमक/ दमकको सवै भन्दा पुरानो शैक्षिक संस्थाको रुपमा रहेको दमक २ स्थित हिमालय माविले बिहिबार विभिन्न कार्यक्रम गरि ७० औं वार्षिकोत्सव मनाएको छ ।
प्रदेश सभा सदस्य तथा प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिका सभापति होमबहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ ओलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतिभा समेत प्रस्तुत् गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेका विज्ञानसँग सम्वन्धित विभिन्न प्रदर्शनी तथा स्टलहरु समेत अवलोकनकर्ताको आकर्षणमा रहेका थिए । यस्तै विद्यालयलेनै प्रदान गरेको तालिम पश्चात विद्यार्थीहरुले उत्पादन गरेका सामाग्रीको विक्रिकक्ष पनि राखिएको थियो । यसै गरि विद्यालयले प्रकाशन गरेको स्मारीका पनि लोकार्पण गरियो । कार्यक्रममा प्रदेश सभा सदस्य नम्बरलाल धिमाल, दमक उपप्रमुख रेगिना भट्टराई प्रसाई, सामाजिक व्यक्तित्व शेरबहादुर भट्टराई लगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयलाई करिव अढाई कट्ठा जग्गा प्रदान गर्ने दाता स्व. कलाधर बराल, पत्नी देवीमायाँ बराल, छोरा बुहारीहरु ऋषीराम र तुलसा, कृष्णप्रसाद र शान्ता, टीकाराम र सेलिना, शालीग्राम र सुनिता तथा छोरी सुनिलाई सम्मान गरिएको थियो । यसैगरि धनकुमारी पौडेल तथा परिवारले स्थापना गरेको दिवश दाहाल स्मृति छात्रवृतिकोषबाट विद्यार्थीहरु अनमिका राई र सविता महतलाई पुरस्कृत गरिएको थियो ।
यसैगरी चमेलीदेवी प्रधानले स्थापना गरेको हर्कमान चमेली छात्रवृति अक्षयकोषबाट अब्राहम टुडू, सृष्टिका ओस्ती, बेदना राई, रोमनहाङ् केरुङ्, ईभान खनाल, निहारीका काफ्ले र दर्शन गिरी पुरस्कृत भए । एसईईमा उत्कृष्ट विद्यार्थीहरु प्राप्ति दुलाल, मन्दिप गौतम, दिक्षित गुरागाँई, मन्जिल लिम्बू, रुपेश भट्टराई, आरुसी शिवाकोटी, आषिस राजा यादव, सुशान्त कार्की तथा प्रकृत खनाल पुरस्कृत गरिए । यस्तै कक्षा १२ मा उत्कृष्ट हुने साङ्गेन तामाङ्, आदित्य वस्ती, स्वास्तिका
हिमाविको……श्रेष्ठ, अनुस्का आचार्य, मिलन ढुंगाना तथा एकेडेमी हिरो विद्यार्थीबाट अवसर शर्मा र एन्जल लुईटेल पुरस्कृति भए ।विद्यालयको संयोजक सम्मानबाट आधारभूत तहका पूर्व संयाजक बलराम वस्ती, चुडामणि गुरागाँई र रणधिर कुमार सिंह सम्मानित भए भने भेषराज नेपाललाई हिमालय एकेडेमी हिरो शिक्षक सम्मान प्रदान गरियो । वार्षिकोत्सव अन्तर्गतनै बुधबार विद्यालयमा भएको रक्तदान कार्यक्रममा ३१ पिण्ट रगत संकलन भएको विद्यालयका शिक्षक बद्री कोईरालाले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठका अनुसार हिमालय माविलाई देशकै नमुना विद्यालय बनाउने लक्ष्य अनुसार विभिन्न शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार विकासको काम भई रहेको छ । श्रृजनशिल अभ्यास, अतिरिक्त कृयाकलापलाई प्राथमिकता, विभिन्न पुरस्कार प्रोत्साहन लगायतका कार्यक्रमले विद्यालयले निरन्तर प्रगती गर्दै आएको उनको भनाई छ ।
वार्षिकोत्सव कार्यक्रममा हिमालय सिङ्गिङ एण्ड डान्सिङ आइडल सिजन–४’ पनि आयोजना गरिएको थियो । जसमा नृत्य प्रतियोगिता अन्तर्गत सिनियर डान्सिङतर्फ कक्षा ९ की बिनिता बुढाथोकी प्रथम, कक्षा १० का गिरिस राई प्रथम, कक्षा ९ कै साक्षी राई र सृष्टि चुडाल द्वितीय उपविजेता तथा सान्भी श्रेष्ठ तृतीय भए । जुनियर डान्सिङतर्फ कक्षा ५ की एलिसा मगर विजेता बन्दा प्रज्ञा तामाङ र सयुना न्यौपानेले क्रमशः दोस्रो र तेस्रो स्थान हाँसिल गरे । त्यस्तै गायन प्रतियोगितामा सिनियर सिङ्गिङतर्फ कक्षा ९ का राहुल लिम्बु विजेता र डेभिड श्रेष्ठ उपविजेता बन्न सफल भए । विजेतालाई क्राउन, ट्रफी, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको विद्यालयका नृत्य तथा गायन संयोजक शिक्षक वीरबहादुर लावतीले जानकारी दिए ।
कार्यक्रमका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओली, विशिष्ट अतिथि दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले मेडल ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रमकै अवसरमा बिद्यालयले रक्तदान तथा दन्त शिबिरको समेत आयोजना गरेको थियो । युवा जुनियर रेडक्रस सर्कल तथा स्वास्थ्य समितिको आयोजना र नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकको प्राबिधिक सहयोगमा रक्तदानको आयोजना गरिएको थियो । त्यस्तै ओम शान्ति डेन्टल हस्पिटल दमकको प्राविधिक सहयोगमा गरिएको दन्त शिविरमा बिद्यालयका विद्यार्थीहरुले दाँत सम्बन्धि सेवा लिएका थिए । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यवहारिक ज्ञानसँग जोड्ने उद्देश्यले फुड फेस्टिभल आयोजना गरिएको थियो ।