समाचार

दमकमा स्काउटको स्थापना दिवस विरुवा गोडमेल गरी मनाइयो

दमक/ नेपाल स्काउटको ७० औं स्थापना दिवस मनाइएको छ । दमकको बेलडाँगीमा स्काउटरहरुले वातावरण संरक्षणको सन्देश दिदैं हंसेदुम्से सामुदायिक वन क्षेत्रमा रोपिएका फलफुलका विरुवा गोडमेल गरेका छन ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको प्रमुख उपस्थिती र नेपाल स्काउट दमक नगर तदर्थ समितिको अगुवाईमा स्काउटरहरुले अघिल्लो बर्ष सो ठाउँमा रोपिएका आँप, लिची लगायतका फलफुलका विरुवा गोडमेल गरेका हुन । हिमालय मावि स्काउट , ढुकुरपानी मावि र सिंहदेवी माविका रोभर रेन्जरहरु सहभागी भएर स्काउटको स्थापना दिवस मनाइएको हो ।

नेपाल स्काउट १ नम्बर प्रदेश तदर्थ समितिका सदस्य राम पौडेलले विभिन्न अवसरमा वृक्षारोपण गर्ने गरिएपनि त्यसको संरक्षण र बिकासका लागि ध्यान नपुग्दा वृक्षारोपणको उद्धेश्यनै पूरा हुन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै यस बर्ष बिरुवा गोडमेल र संरक्षण गर्ने काममा स्काउटरहरुलाई परिचालन गरिएको बताए ।

 

You may also like