गौरीगञ्ज, २० मंसिर,
झापाको गौरीगञ्ज गाउँपालिकाले पालिकाभित्रका ४० जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल उपलब्ध गराएको छ ।
२०औँ स्वयंसेविका दिवसको अवसर पारेर मंगलवार गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीसहितको उपस्थितिमा स्वयंसेविकालाई साइकल उपलब्ध गराएको पालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।
गाउँघरमा स्वास्थ्य सेवा दिनका लागि सहजता ल्याउनका लागि साइकल महत्वपूर्ण हुनसक्ने भएकाले नीति तथा कार्यक्रममा नै यसलाई समावेश गरिएको उनको भनाइ छ । स्वयंसेविका दिवस पारेर मंगलबार साइकल