समाचार

कोरोनाबाट चर्चित हास्य कलाकारको मृत्यु

जापान । कोरोना भाइरसको महामारीका कारण एक चर्चित हास्य कलाकारको ज्यान गएको छ ।

कोरोना भाइरसका कारण जापानी हास्य कलाकार केन शिमुराको ७० वर्षको उमेरमा निधन भएको हो । कोरोना भाइरस संक्रमण भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । आइतबार उनको निधन भएको हो ।

यसअघि हलिउड सुपरस्टार मार्क ब्लम र गायक सिवाय टकरको पनि कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।

Author

You may also like