समाचार

विश्वभर कोरोनाबाट ८२ हजारकाे निधन

एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८१ हजार ९ सय ९५ पुगेको छ भने १४ लाख २६ हजार ६ सय ९ जनामा संक्रमण भएको पुष्टि भएको छ।

संक्रमितमध्ये ३ लाख १ हजार ८ सय २८ जना उपचारपछि निको भई घर फर्केका छन्। हालः विश्वमा १० लाख ४२ हजार ७ सय ८६ जना कोरोना भाइरसका संक्रमित उपचारत छन्। उपचारतमध्ये ४७ हजार ९ सय १२ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ भने ९ लाख ९४ हजार ८ सय ७४ जनाको अवस्था सामान्य छ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणको आशंकामा २ हजार १ सय २२ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ९ जनामा संक्रमण पाइएको छ। संक्रमित मध्ये १ जनालाई निको भइसकेको छ भने ८ जना अहिले उपचारत छन्।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयता यो भाईरस विश्वका २ सय ९ देश तथा क्षेत्रमा फैलिएको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, चीन, इरान, बेलायत, टर्की, स्वीट्जरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड्स, क्यानडा र ब्राजिल रहेका छन्। हालसम्म कोरोना भाइरसका संक्रमित सबैभन्दा बढी अमेरिका रहेका छन् भने मृत्यु इटालीमा भएको छ।

अमेरिकामा मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ९९ हजार ९ सय ३७ पुगेको छ, जहाँ १२ हजार ८ सय १३ जनाको मृत्यु भएको छ। स्पेनमा कोरोना भाइरसक संक्रमित १ लाख ४१ हजार ९ सय ४२ रहेकोमा १४ हजार ४५ जनाको मृत्यु भइसकेको छ। इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३५ हजार ५ सय ८६ पुगेको छ। यी मध्ये १७ हजार १ सय २७ को मृत्यु भएको छ।

फ्रान्सम हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९ हजार ६९ रहेको छ, जसमध्ये १० हजार ३ सय २८ जनाले ज्यान गुमाइसकेका छन्। जर्मनीमा १ लाख ७ हजार ६ सय टघ कोरोनाका संक्रमित रहेकोमा २ हजार १६ जनाको मृत्यु भएको छ। चीनमा कोरोनाका संक्रमित संख्या ८१ हजार ७ सय ४० पुगेको छ। यीमध्ये ३ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ।

इरानमा ६२ हजार ५ सय ८९ कोरोना संक्रमित रहेकोमा ३ हजार ८ सय ७२ जनाको मृत्यु भइसकेको छ। बेलायतम कोरोना संक्रमितको संख्या ५५ हजार २ सय ४२ पुगेको छ। यीमध्ये ६ हजार १ सय ५९ जनाको मृत्यु भएको छ। टर्कीमा ३४ हजार १ सय ९ जना कोरोना भाइरसका संक्रमित देखिएकोमा ७ सय २५ जनाको मृत्यु भइसकेको छ।

स्वीट्जरल्याण्ड कोरोना भाइरसका संक्रमित २२ हजार २ सय ५३ छ, जसमध्ये ८ सय २१ जनाले ज्यान गुमाइसकेका छन्। बेल्जियममा २२ हजार २ सय ५३ जना कोरोना भाइरस संक्रमित रहेकोमा २ हजार ३५ जनाको मृत्यु भइसकेको छ। नेदरल्याण्ड्समा कोरोना भाइरसका संक्रमित १९ हजार ५ सय ८० छन्, यीमध्ये २ हजार १ सय १ जनाको मृत्यु भएको छ। बाँकीको मृत्यु र संक्रमित अन्य देशमा रहेका छन्।

Author

You may also like