दमक क्वारेन्टाइनका ४ जनालाई घर पठाइदै

दमक–४ स्थित दाहाल प्रष्ठिानको क्वारेन्टाइनमा रहेका ४ जनालाई आज मंगलबार घर पठाउने नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको र आज १४ दिन पूरा भएकाले उनीहरुलाई आफ्नै घरमा बस्ने गरी पठाइएको जनाइएको हो ।
दमककै मानसरोवर कलेजको क्वारेन्टाइनमा पनि १ जना रहेको बताइएको छ ।
विदेशबाट आएका व्यक्ति र परिवारको स्वास्थ्य अवस्थाका बारेमा दमक नगरपालिकाको स्वास्थ्य शाखाले निगरानी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.