समाचार

कोरोनाबाट सोमबार ५२ सयको मृत्यु

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विश्वभर ५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ७३ हजार नयाँ बिरामी थपिएका छन् ।

वल्र्डोमिटर्सको पछिल्लो तथ्यांकअनुसार सोमबार मात्र कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ५ हजार २ सय २० रहेको छ । सोही दिन विश्वका २ सय ९ देश तथा क्षेत्रमा ७२ हजार ८ सय २५ जना कोरोनाक नयाँ बिरामी देखिएका छन् ।

आइतबार कोरोनाबाट मर्ने र नयाँ बिरामीको संख्या थोरै घटेको भए पनि सोमबार पुनः बढेको छ । आइतबार विश्वभर कोरोना भाइरसको संक्रमणका कारण ४ हजार ७ सय ३४ जनाको मृत्यु भएको थियो भने ७१ हजार ३ सय ७७ जना नयाँ बिरामी थपिएका थिए ।

सोमबार सबैभन्दा बढी संक्रमित र मृत्यु अमेरिकामा भएको देखिन्छ । कोरोना भाइरसका कारण सोमबार अमेरिकामा १ हजार २ सय ५५ जनाले ज्यान गुमाएका छन् भने ३० हजार ३ सय ६ नयाँ बिरामी थपिएका छन् ।

स्पेनमा सोमबार कोरोनाका ५ हजार २९ नयाँ संक्रमित थपिएका छन् । सोही दिन स्पेनमा ७ सय जनाको मृत्युको कारक कोरोना संक्रमण बनेको छ । इटालीमा सोमबार ६ सय ३६ जनाको मृत्यु कोरोनाको कारण भयो भने त्यहाँ ३ हजार ५ सय ९९ नयाँ बिरामी देखिए ।

जर्मनीमा सोमबार ३ हजार २ सय ५१ जना कोरोनाका नयाँ संक्रमित उपचारका लागि अस्पताल पुगेका थिए । सोही दिन त्यहाँ २ सय २६ जनालेको मृत्यु भएको छ । फ्रान्समा सोमबार ५ हजार १ सय ७१ जना कोरोनाका नयाँ संक्रमित देखिएका थिए भने ८ सय ३३ जनाले ज्यान गुमाएका थिए ।

इरानमा सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३६ छ । सोही दिन इरानमा २ हजर २ सय ७४ जनामा कोरोनाको संक्रमण भएको पाइएको थियो । बेलायतमा सोमबार कोरोनाका ३ हजार ८ सय २ जना नयाँ बिरामी थपिएका छन् भने ४ सय ३९ जनाको मृत्यु भएको छ ।

Author

You may also like